बिहीबार , असोज ३ गते २०८१

मन्त्री लम्साल द्धारा सेतीखोला मोटरेवलपुल,पैयुँकोट नमुना पदमार्ग र हरित बजार बाटिकाको शिलान्यास

मन्त्री लम्साल द्धारा सेतीखोला मोटरेवलपुल,पैयुँकोट नमुना पदमार्ग र हरित बजार बाटिकाको शिलान्यास

अखबार दैनिक
मंगलबार, कात्तिक २५ २०७७
  • मन्त्री लम्साल द्धारा सेतीखोला मोटरेवलपुल,पैयुँकोट नमुना पदमार्ग र हरित बजार बाटिकाको शिलान्यास

    पर्वत- दक्षिण पर्वतको पैंयु गाउँपालिका वडा नं. ४ हातेमालो चोकमा सोमवार एकपटक तीन आयोजनाको लिन्यास गरिएको छ ।
    स्थानीय सेतीखोला (गल्छिना घाट) मा मोटरेवल पुल, धरपानीदेखि पैंयुकोट जोड्ने नमुना पैयूँकोट पदमार्ग (५ कि.मी.) र हुवास बजार हरित बजार वाटिकाको शिलान्यास गरिएको हो । तीनवटै आयोजनाको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले शिलन्यास गर्नुभएको हो ।
    मन्त्री लम्सालले शिलन्यास गरेसँगै तनवटै आयोजनाको निर्माण शुरु भएको छ । नमुना पैंयुकोट पदमार्ग र हरित बजार बाटिका यसै वर्ष निर्माण सम्पन्न हुने भएका छन् भने मोटरेल पुल निर्माण आगामी दुई वर्ष भित्र सम्पन्न हुने छ ।
    दक्षिण पर्वतको मुख्य केन्द्र हातेमालोचोकलाई छिमेकी वडाहरु धरमपानी, बेउलीवास, उराम, होश्राङ्दी लगायतका वडाहरुसँग जोड्नका लागि यो पुल महत्वपुणर् मानिन्छ । पुल नहुँदा यस क्षेत्रमा दैनिक चल्ने दर्जनौ सवारीसाधनहरु सेतीखोलामा जोखिम मोलेर वारपार गर्दै आएका थिए ।

    images


    तीनवटै आयोजनाको शिलन्यास गर्दै गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले कुनै समय जिल्लाको कालापानी भनिने पैंयु क्षेत्र विकासका दृष्टिकोणले जिल्लाकै सुगम र अग्रणी स्थानमा पुगेको बताउनुभयो । उहाँले विकास निर्माणमा सवै दल र समुदाय एकजुट भएर लागेमा समयमै र गुणस्तरीय काम हुँने बताउँदै शुरु भएका आयोजनाहरु समयमै सम्पन्न गर्नका लागि स्थानीयवासीलाई आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो । मन्त्री लम्सालले अहिलेको समय विकास निर्माण र समृद्धिको भएको बताउँदै प्रदेश सरकार पनि नागरिकको प्रत्यक्ष जीवनस्तर उकास्ने खालका योजनाहरुमा केन्द्रित बनेको बताउनुभयो ।


    पैंयु क्षेत्रलाई नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य र आर्थिक रुपमा समृद्ध बनाउनका लागि आफु राजनीतिमा लागेदेखिनै निरन्तर प्रयास गर्दै आएको बताउँदै मन्त्री लम्सालले आफ्नो निरन्तरको प्रयास र पहलले अहिले सडक, पुल, पदमार्ग लगायतका भौतिक पूर्वाधारहरुले पुणर्ता पाएको बताउनुभयो । आफ्नो कार्यकाल अझै २ वर्ष बाँकी रहेको बताउँदै मन्त्री लम्साले यो अवधिमा मुलुकको नमुना पर्यटकीय गन्तव्यको रुपमा विकास गरेर बढि भन्दा बढि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजनामा लागेको बताउनुभयो ।
    कार्यक्रममा महाशीला गाउँपालिकाका अध्यक्ष राजु पौडेलले महाशीला र पैंयु गाउँपालिकाका कतिपय साझा योजनाहरु र धेरै विषयमा सहकार्य भैरहेको बताउँदै दुई पालिकाको आवश्यक समन्वय र सहकार्यलाई बढाउँदै लगिएको बताउनुभयो । पैंयु क्षेत्रको विकास र दुवै पालिकाका नागरिकहरुको जीवनस्तरमा सुधार ल्याउन दुवै मिलेर पहल गर्ने उहाँको प्रतिवद्धता रहेको छ ।
    पैंयु गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले पछिल्लो समय पैंयुको विकासले फड्को मार्दै गएको बताउनुभयो । उहाँले पैंयुमा संचालित विकास निर्माणका योजनाहरुले पुणर्ता पाएपछि समृद्ध पैंयु बन्ने बताउँदै त्यसका लागि आफुले प्रदेश र संघसँग आवश्यक सहकार्य र समन्वय गरिरहेको बताउनुभयो । कोरोना कहरमा पनि पैंयुले आफ्नो क्षेत्रभित्रका हरेक गतिविधिलाई निरन्तरता दिएको बताउनुभयो ।
    कार्यक्रममा भु तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख दिवाकर पौडेल र वन डिभीजन कार्यालय प्रमुख मेघराज पौडेलले पदमार्ग र हरित वाटीका आयोजनाको बजेट तथा योजनाका गतिविधिका बारेमा बोल्नुभएको थियो ।
    पैयूँ गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीको अध्यक्षतामा सम्पन्न संयुक्त शिलन्यास कार्यक्रमको स्वागत पैंयु ४ का वडा अध्यक्ष तथा नेकपाका युवा नेता महेन्द्रकुमार श्रेष्ठले गर्नुभएको थियो भने संचालन पैँयु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेलले गर्नुभएको थियो ।
    कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख यामकुमरी राना, गण्डकी प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव गगन कुमार थापा, प्गायतका सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ