मंगलबार, जेठ ८ गते २०८१

को हुन् नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेन ?

को हुन् नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेन ?

अखबार दैनिक
सोमबार, कात्तिक २४ २०७७
  • को हुन् नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेन ?

    कात्तिक २४,

    images

    नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन सन् २००९ देखि २०१७ सम्म बाराक ओबामा प्रशासनमा उपराष्ट्रपति थिए । चुनावी अभियानका लागि निकै सफल मानिने बाइडेन सन् १९७३ देखि सन् २००९ सम्म डेलावेयरबाट निरन्तर सिनेटर भएका थिए ।

    उनले ३३ वर्षअघि सन् १९८८ मा राष्ट्रपतीय चुनावको प्रत्याशीका रूपमा आफ्नो अभियान चलाएका थिए । त्यतिबेला बलियो दाबेदार ठानिएका उनी बेलायती राजनीतिज्ञ नील किनकको भाषण चोरेको आरोप लागेपछि अभियान त्याग्न बाध्य भएका थिए ।

    बाइडेनमा विदेश नीतिसम्बन्धी दशकौं लामो अनुभव छ । कूटनीतिक अनुभव बलियो पक्ष भएकाले विदेश मामिलासम्बन्धी जटिल विषय उनका लागि बढी हानिकारक हुन सक्ने देखिन्छ । कानुनमा डिग्री हासिल गरेका उनले जनताको न्यायसम्बन्धी थुप्रै कानुन निर्माणमा योगदान गरेका छन् । लागू औषध, अपराध, नागरिक स्वतन्त्रता, नारी हकजस्ता कानुनका उनी पक्षपातस् रहँदै आएका छन् । बाइडेन ६ पटकसम्म सिनेटमा निर्वाचित भइरहे । उनको जितले विश्वमा शान्ति कायम गर्ने भूमिकामा महत्त्वपूर्ण योगदान हुने अपेक्षा गरिएको छ । चीनसँगको बिग्रिएको सम्बन्ध सुधारमा उनको जोड रहेको छ ।

    ७८ वर्षीय डेमोक्रेटिक उम्मेदवार बाइडेन राष्ट्रपति पदमा पुग्ने अमेरिकाका सबैभन्दा वृद्ध व्यक्ति बनेका छन् । उनले उमेरको रेकर्ड बनाएको यो पहिलो घटना भने होइन । आफ्नो राजनीतिक करियर सुरु गर्दै १९७२ मा उनी ३० वर्षको उमेरमा पहिलो पटक डेलावेयरबाट देशको पाँचौं सबैभन्दा कम उमेरका सिनेटरका रूपमा निर्वाचित भएका थिए । यो सिटबाट ६ पटक सिनेटर चुनिएका बाइडेनले पहिलो पटक सन् १९८८ मा राष्ट्रपतिको उम्मेदवारको दाबेदारका रूपमा आफूलाई उभ्याएका थिए ।

    त्यसपछि उनी दोस्रो पटक २००८ मा राष्ट्रपति बन्न डेमोक्रेटिक पार्टीबाट उम्मेदवारको दौडमा थिए । त्यसबेला उनी बाराक ओबामासँग पछि परे । तर, ओबामाले उनको अनुभव र देश विदेशमा रहेको सम्मानका कारण आफ्नो उपराष्ट्रपतिका रूपमा अघि बढाए र दुवै कार्यकालमा जो बाइडेन उपराष्ट्रपति बने । ओबामाले बाइडेनलाई हालसम्मकै सर्वश्रेष्ठ उपराष्ट्रपति घोषित गरेका थिए । २०१७ सम्म उपराष्ट्रपति बनेका बाइडेन यो वर्ष राष्ट्रपति बन्नका लागि तेस्रो पटक मैदानमा होमिएका थिए । यस वर्ष उनी बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पछि पार्दै देशको ४६औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

    राजधानी दैनिकमा यसै विषयमा समाचार प्रकाशित छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार