शुक्रबार, असोज ४ गते २०८१

चन्द्रमान गुरुङको स्मृति सभा सम्पन्न

चन्द्रमान गुरुङको स्मृति सभा सम्पन्न

अखबार दैनिक
आइतबार, कात्तिक २३ २०७७
  • चन्द्रमान गुरुङको स्मृति सभा सम्पन्न

    कात्तिक २३,

    images

    जनता समाजवादी पार्टी गोरखाले धार्चे गा.पा.३, लाक्पाल निवासी चन्द्रमान गुरुङको स्मृति सभा सम्पन्न गरेको छ ।

    उत्तरी गोरखाको बिकट गाउँ लाक्पालमा भएको कार्यक्रममा जसपा केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सह ईन्चार्ज रमेश पोखरेल (अटल) र जसपा युवा संघ गोरखाका अध्यक्ष मनबहादुर तामाङ र सो पार्टीका स्थानीय नेताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

    124521515_1067571167039694_6325990577770895343_n.jpg

    साथै जिल्ला पार्टीको तर्फबाट मृतकका परिबारलाई बीस हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको थियो । गुरुङको गत कात्तिक १६ गते भीरबाट लडेर निधन भएको थियो । उनी जनता समाजवादी पार्टी गोरखाका जिल्ला सदस्य र धार्चे गाउँपालिकाका सचिव थिए ।

    124193900_655854591633598_1969156948224039462_n.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ