बुधबार, कात्तिक १४ गते २०८१

आफ्नो प्रतिद्वन्द्वीलाई दुश्मन ठान्न छोडौं : अमेरिकी राष्ट्रपति बाईडन

आफ्नो प्रतिद्वन्द्वीलाई दुश्मन ठान्न छोडौं : अमेरिकी राष्ट्रपति बाईडन

अखबार दैनिक
आइतबार, कात्तिक २३ २०७७
  • आफ्नो प्रतिद्वन्द्वीलाई दुश्मन ठान्न छोडौं : अमेरिकी राष्ट्रपति बाईडन

    २३ कात्तिक, काठमाडौं ।राष्ट्रपतिमा निर्वाचिन भएपछि मतदाताहरुलाई सम्बोधन गर्दै उनले तिक्तता त्याग्न र आफ्नो प्रतिस्पर्धीलाई दुश्मनको रुपमा नहेर्न आह्वान गरे ।

    images

    गृहराज्य डेलवरको विलमिङ्गटनबाट सम्बोधन गर्दै बाइडनले भने, ‘अब तीतो अभिव्यक्तिबाट टाढा रहौं । एकअर्कालाई सुनौं । आफ्नो प्रतिद्वन्द्वीलाई दुश्मन ठान्न छोडौं ।’ उनले आफूलाई भोट नदिनेहरुका लागि पनि उत्तिकै मेहनतका साथ काम गर्ने प्रतिबद्धता जनाएका थिए ।

    आफूलाई भरोसा गरेर राष्ट्रपतिमा चुनेकोमा उनले मतदाताप्रति आभार र खुसी व्यक्त गरे । आफूले विभाजन नभई एकताको लागि काम गर्ने उनले बताए । बाइडनले भने, ‘म यस्तो राष्ट्रपति बन्ने बाचा गर्दछु जसले फुटाउने होइन, जोड्ने काम गर्ने छ, मैले सबैको भरोसा जित्ने कोसिस गर्ने छु ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार