बिहीबार , वैशाख २७ गते २०८१

यी ९ नेपाली कलाकार जसले भारतमा पनि चर्चा पाए (तस्विरसहित)

यी ९ नेपाली कलाकार जसले भारतमा पनि चर्चा पाए (तस्विरसहित)

अखबार दैनिक
शनिबार, कात्तिक २२ २०७७
  • यी ९ नेपाली कलाकार जसले भारतमा पनि चर्चा पाए (तस्विरसहित)

    कात्तिक २२,

    images

    कतिपय नेपाली कलाकारहरु छन् जसले अन्तराष्ट्रिय ख्याती कमाउन सफल भएका छन् । तर, कुनै प्रतिभा केवल मार्गमा आउन ढिलाई भइरहेको हुन्छ, जब सहि बाटोमा पुग्छ त्यसपछि उसले आफैंलाई भेट्टाउँछ ।

    नेपाली सिनेमा क्षेत्र कलिउडको बजार सानो छ । नेपाली फिल्म उद्योग सानो भएता पनि नेपाली स्टारले आफ्नो प्रतिभाको आधारमा राम्रो अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेका हुन । यी ९ नेपाली सेलिब्रेटी जो बलिउडमा सफल भएका हुन् ।

    मनिषा कोईराला

    सुन्दर र प्रतिभाशाली अभिनेत्री मनिषा कोइरालाले आफूलाई एक लोकप्रिय बलिउड अभिनेत्रीको रुपमा स्थापित गरेकी छिन् । उनको परिचाय नेपालको उच्च घरानासँग सम्बन्धित छ । मनिषाले आफ्नो आधा बाल्यकाल भारतमा बिताईन् । सुरुमा मोडलिङ गरेकी उनी त्यसपछि बलिउडमा प्रवेश गरिन् । ‘दिल से’, ‘सौदागर’ जस्ता धेरै हिट फिल्महरूमा मनिषाको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

    उदित नारायाण झा

    १९७०मा रेडियो नेपालमा मैथिली लोक गायकको रूपमा आफ्नो करियर शुरू गरेका उदित नारायण आज बलिउडका सबैभन्दा सफल गायक मानिन्छन्। उनी नेपालको सप्तरी जिल्लामा जन्मिएका थिए । नेपाली संगीत क्षेत्रमा ८ बर्ष बिताएपछि झा बलिउडमा प्रवेश गरेका थिए । बलिउडमा उनले सन् १९८० देखि आफ्नो करिअर सुरु गरे । आज उदित नारायण अन्तर्राष्ट्रिय रुपमा परिचित छन् ।

    सुनिल थापा

    नेपाली चलचित्रका प्रख्यात खलनायक सुनील थापा हिन्दी चलचित्रहरूमा पनि लोकप्रिय अनुहार बनेका छन्। राते काइलाका नामले प्रसिद्ध थापा मुम्बईमा मोडलिङ पछि अभिनयमा फर्के । उनले १९८१ मा फिल्म ‘एक दूजे के लिए’ बाट डेब्यु गरेका थिए । त्यसपछि उनले धेरै हिन्दी र भोजपुरी फिल्महरूमा पनि काम गरे । सन् २०१४ मा आएको प्रियंका चोपडाको फिल्म ‘मैरी कॉम’ले उनलाई एक फरक चिनारी प्रदान गर्‍यो। त्यसमा उनले प्रियंकाको प्रशिक्षकको भूमिका खेलेका थिए ।

    तेरिया मगर

    उनी सानी केटी हुन् जसले २०१४ मा नृत्य प्रतियोगिता ‘लिटिल मास्टर्स’को उपाधि जितेकी थिइन । उनी नेपालको रुपन्देही जिल्लाकी निवासी हुन् । तेरियाले ‘झलक दिखला जा सिजन ९’को उपाधी पनि जितेकी थिइन् ।

    माला सिन्हा

    नेपाली-इसाई परिवारमा जन्मेकी माला सिन्हा परिचित कलाकार हुन। हिन्दी सिनेमाकी दिग्गज मालाले आफ्नो अभिनय करियर बंगाली फिल्मबाट शुरू गरेकी थिइन् । पछि उनले नेपाली चलचित्रहरूमा पनि काम गरिन। बिस्तारै उनी हिन्दी चलचित्रतिर गइन् र उचाइ चु म्न थालिन । माला सिन्हाले हिन्दी फिल्महरू जस्तै, ‘जीड’, ‘राधाका संगम’, सामका सिकन्दर’, ‘धन दौलत’, ‘बर्हम’, ‘कर्मयोगी’, ‘संजोग’ लगायतमा काम गरेकी छिन् ।

    भोला राज सापकोटा

    फिल्म ‘बर्फी’मा तपाईले रणबीर कपूरको साथीलाई याद गर्नुभएको छ ? जो रणबीरको लागि आवाजका रूपमा काम गर्थे । उनी अरु कोही थिएनन् महान् नेपाली अभिनेता भोलाराज सापकोटा थिए । फिल्म २०१२ मा रिलीज भएको थियो । उक्त फिल्ममा रणबीर बाहेक, इलियाना डिक्रूज र प्रियंका चोपड़ा मुख्य भूमिकामा छन् । भोलाले यस फिल्ममा सहयोगी भूमिका निभएका छन् ।

    पूर्ण‍िमा श्रेष्ठ

    पूर्णिमा श्रेष्ठ बलिउडकी चर्चित पार्श्व गायक हुन् । उनलाई सष्मा श्रेष्ठका नामले समेत चिनिन्छ । उनले बाल कलाकारको रूपमा आफ्नो करिअर शुरू गरेकी थिइन् । १९७१ मा रमेश सिप्पीको फिल्म ‘अन्दाज’मा श्रेष्ठले, ‘मै हैना ना बोलो-बोलो’गीतमा आवाज दिएकी थिइन् । त्यपछि ‘तेरा मुझसे है पहले का नाता कोई, क्या हुआ तेरा वादा’मा पनि काम गरिन् । श्रेष्ठले माधुरी दीक्षितको फिल्मको प्रसिद्ध गीत ‘चन्ने के खेत मे’ मा पनि आवाज दिएकी छिन् ।

    झरना बज्राचार्य

    काठमाडौंकी झरना बज्राचार्यले नेपालका धेरै सुन्दरी प्रतियोगिताहरूका उपाधी जितेकी छन् । उनले १९९७ मा मिस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।  उनले २००४ मा आएको फिल्म ‘लभ इन नेपाल’मा काम गरेकी थिइन् । जसमा सोनू निगम मुख्य भूमिकामा थिए ।

    उषा पौडेल

    नेपालको जनकपुरमा जन्मिएकी उषा पौडेलले नेपाली चलचित्रमा काम गरिसकेपछि हिन्दी फिल्म उद्योगमा हात हालेकी थिइन्। धेरै संघर्ष पछि उनले बलिउडमा काम पाइन् । उनलाई ‘तुझ संग प्रीत लगाई सजना’, ‘जय जय जय बजरंग बली’, ‘अदालत’ जस्ता टिभी सिरियलमा देख्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार