आइतबार, वैशाख ३० गते २०८१

खुमलटार बैठकमा पुगेका बादल किन गएनन् धुम्बाराही ?

खुमलटार बैठकमा पुगेका बादल किन गएनन् धुम्बाराही ?

अखबार दैनिक
शनिबार, कात्तिक २२ २०७७
  • खुमलटार बैठकमा पुगेका बादल किन गएनन् धुम्बाराही ?

    कात्तिक २२,

    images

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सचिवालय बैठकमा राम बहादुर थापा बादल अनुपस्थित भएका छन् । अहिले बहुमत सचिवालय सदस्यको बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बसिरहेको छ ।

    केही बेर अघिदेखि अनौपचारिक छलफल सुरु भएको हो । नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरु भने बैठकमा उपस्थित भएका छैनन् ।

    बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ उपस्थित छन् । बैठकमा गृहमन्त्रीसमेत रहेका बादल किन सहभागी भएनन् भन्ने बारे केहि बताइएको छैन । प्रचण्डको निवास खुमलटारमा हुने गरेका छलफलमा समेत बादल पुग्ने गरेका थिए ।

    बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले बादललाई भेटेपछि उनी बैठकमा उपस्थित नभएको आकलन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ