आइतबार, वैशाख ३० गते २०८१

प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवणेबीच शिष्टाचार भेट

प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवणेबीच शिष्टाचार भेट

अखबार दैनिक
शुक्रबार, कात्तिक २१ २०७७
  • प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवणेबीच शिष्टाचार भेट

    कात्तिक २१,

    images

    ३ दिने औपचारिक नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे प्रधानमन्त्री केपी ओलीसंग शिष्टाचार भेटवार्ताका लागि वालुवाटार पुगेका छन् । प्रधानमन्त्रीको सरकारी निवासमा ओली र नरवणेबीच शिष्टाचार भेटवार्ता सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिए ।

    नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न उनी नेपाल आएका हुन्। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी दिएकी थिइन् । नरवणे आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ