बुधबार, वैशाख २६ गते २०८१

यी १४ सूत्रः जसले तपाईलाई जवान देखाउछ !

यी १४ सूत्रः जसले तपाईलाई जवान देखाउछ !

अखबार दैनिक
शुक्रबार, कात्तिक २१ २०७७
  • यी १४ सूत्रः जसले तपाईलाई जवान देखाउछ !

    कात्तिक २१,

    images

    हरेकलाई सधै जवान देखिन मन लाग्छ । जवान देखिन मन लागेर मात्र हुदैन । यसको लागि खानपान जीवनशैलीमा बिषेस ध्यान दिनुपर्ने हुन्छ । यसका लागि बिभिन्न एजेन्सीको सहयोगमा केहि सुत्र तयार पारेका छाैँ ।

    १. हेयरस्टायललाई सधैँ नयाँ लुक दिनुहोस् । फेसन र स्टायल परिवर्तन भइरहन्छन् । हेयरस्टाइलमा परिवर्तन गर्दा तपाईं भर्खरको मात्रै देखिनुहुन्न, आफ्नो आत्मविश्वास पनि बढेको अनुभव गर्नुहुनेछ ।

    २. हरेक दिन अनुहार, हात र घाँटीमा मोइस्चराइज गर्नुहोस् । त्यसले छालालाई ताजा र स्वस्थ देखाउँछ ।

    ३. शरीरमा सुगरको मात्रा बढ्यो भने समस्या धेरै आउँछ । चाउरीपन बढ्ने खतरा रहन्छ । त्यसैले सुगरको मात्रा कम गर्नुहोस् ।

    ४. भिटामिन सी युक्त खानेकुरा पर्याप्त खानुहोस् । तपाईंको दैनिक खाद्यान्नमा ७५ एमजीबराबर भिटामिन सी समावेश हुनु आवश्यक छ । दुईवटा मध्यम साइजका सुन्तलामा यो बराबर मात्रा पाइन्छ ।

    ५. चिया र कफीले तपाईंको दाँतमा असर गरिरहेका हुन्छन् । त्यसैले सेवन कम गर्नुहोस् ।

    ६.तपाईंको आँखीभौँ भ’द्दा र गलत सेपको छ भने त्यसलाई ट्रिम गरेर नयाँ लुक दिनुहोस् ।

    ७.तपाईंको खुट्टा र हातले पनि तपाईंको उमेरमा फरक पार्छ । त्यसैले हात–खुट्टा सधैँ सफा र टिपटप राख्नुहोस् ।

    ८. तपाईंको छालामा खैरो दाग तथा चाया, पोतो देखिएको छ भने त्यसको प्राकृतिक उपचार सुरु गर्नुहोस् । कागतीको जुसमा हल्का पानी मिसाएर प्रयोग गर्न सक्नुहुन्छ । कागतीले ब्लिचको काम गर्नुका साथै बिस्तारै तपाईंका दागहरूलाई कम गर्दै लैजान्छ ।

    ९. लाइट कलरका पोसाकले तपाईंलाई भर्खरको देखाउँछ । कपडाको चयन गर्ने विषय तपाईंको व्यक्तिगत हो । कपडा छान्दा आफूलाई कस्तो सुहाउँछ, त्यही आधारमा छान्नुहोस् ।

    १०. प्राकृतिक उत्पादनहरूको प्रयोग । ओलिभ, नरिवल, स्विट आल्मन्डलगायत तेलले राम्रो मोइस्चराइजर, क्लिन्सर र अलराउन्ड ब्युटीको काम गर्छन् ।

    ११.जवान हुनु भौतिक कुरा मात्रै होइन, सोचाइको कुरा पनि हो । तपाईंले आफूलाई जवान महसुस गर्नुभयो भने अरूले पनि तपाईंलाई त्यस्तै व्यवहार गर्छन् । 

    १२. निद्रा पूरा गर्नु जरुरी छ । यसो गर्दा तपाईंको शरीरले आराम र पुनर्ताजगी पाउनेछ । निद्राको कमीले मानिसलाई चाँडै बुढ्यौलीर्फ लैजान्छ ।

    १३. पर्याप्त पानी सेवन गर्नुहोस् । पानीको कमीले तपाईंको छाला र कपाललाई उमेरभन्दा बढी देखाउँछ । यस्तो समस्याका साथै विभिन्न रोगबाट बच्नका लागि पनि पर्याप्त पानी आवश्यक पर्छ ।

    १४.  हाँसो र सकारात्मक सोचले अनुहारमा ठूलो परिवर्तन ल्याउँछ । हाँसोले तपाईंको अनुहारका नसालाई आराम दिन्छ । त्यसैले, तपाईं युवा हुँदा जुन स्पिरिटमा हाँस्नुहुन्थ्यो, त्यसरी नै हाँस्नुहोस्, खुसी रहनुहोस् ।  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार