बुधबार, वैशाख २६ गते २०८१

यी ५ बलिउडका स्टारका पहिलो पारिश्रमिक कती ?

यी ५ बलिउडका स्टारका पहिलो पारिश्रमिक कती ?

अखबार दैनिक
बिहीबार , कात्तिक २० २०७७
  • यी ५ बलिउडका स्टारका पहिलो पारिश्रमिक कती ?

    कात्तिक १९,

    images

    धेरै जसाे मानिसकाे साेचमा के जान्छ भन्दा कलाकार भएसि नाम र दाम धेरै नै कमाइन्छ भन्ने हुन्छ तर उीहरुले कति मेहेन्त गरेर गरेका हुन्छ भन्ने हामिलाइ थाहा हुदैन । कमाइकाे लागि शुटिङमा जे स्क्रपट छ त्यस्तै राेल गर्नु पर्ने हुन्छ, कुनै सजिलाे हुन्छ भने कुनै ज्यानलइ बाजि राख्न समेत पर्ने हुन्छ ।

    बलिउडका सेलिब्रेटीहरुको कमाई, सम्पत्ति र तलब सुन्दा जोकोहिलाई पनि अचम्म लाग्छ । धनि व्यक्तिहरुको सूचीमा सूचीकृत हुने बलिउडका केही सेलिब्रेटीहरुले सुरुवातीका दिनहरुमा निकै मेहेनत गरेका थिए । उनीहरुले सुरुमा गरेका कामको तलब पनि निकै कम लिएका थिए ।

    शाहरुख खान73540687.jpg

    बलिउडका बादशाह शाहरुख आजभोलि एउटा फिल्म खेल्नको लागि निकै मोटो रकम लिने गरेका छन् । तर, उनले सुरुमा लिएको तलबको बारेमा सुन्दा अचम्म लाग्न सक्छ । उनले पहिलोपटक गायक पंकज उदासको कन्सर्टमा काम गरेबापत ५० रुपियाँ लिएका थिए । उक्त पैसाले शाहरुखले ट्रेनको टिकट खरिद गरे र ताजमहल हेर्न आगरा पुगे ।

    प्रियंका चोपडा365-3657696_priyanks-chopra-png-priyanka-chopra-in-mujhse-shaadi.png

    बलिउडकी ‘देसी गर्ल’ प्रियंका चोपडाले बलिउडमा मात्र होइन हलिउडमा पनि निकै राम्रो नाम कमाएकी छिन् । उनी आजभोलि एउटा प्रोटेक्टको लागि करोडौं लिने गर्छिन् । तर उनको पहिलो तलब ५,००० रुपियाँ थियो । यो पहिलो कमाई उनले उनकी आमालाई दिएकी थिइन् । उनकी आमाले अझै पनि उक्त पैसाको चेक जतनले राखेकी छिन् ।

    अमिताभ बच्चनbachchan-even-wrote-a-paragraph-in-hindi-calling-the-troll-a-blot-on-society-.jpg

    बलिउडका महानायक अमिताभ बच्चनसँग आज जति सम्पत्ति छ त्यति उनले सुरुका दिनहरुमा कल्पना पनि गरेका थिएनन् होला । उनी कुनै समय फिल्म पाउनको लागि संघर्षरत थिए । उनले हिरो बन्नको लागि एक शिपिङ फर्ममा काम गर्थे जहाँ उनको तलब ५०० थियो ।

    आमिर खानin-his-tweet-aamir-also-thanked-the-bmc-officials-for-taking-such-good-care-of-his-family-members-and-for-fumigating-and-sterlising-the-entire-society-.jpg

    बलिउडका ‘मिस्टर परफेक्शनिष्ट’ आमिर खान हिन्दी सिनेमाका सबैभन्दा महङ्गा स्टार मध्येका एक हुन् । उनले आफ्नो करियरको सुरुवातमा असिस्टेन्ट डाइरेक्टरका काम गरेका थिए । जसबापत उनले एक हजार तलब पाएका थिए । उनले पहिलो तलब आफ्नी आमालाई दिएका थिए ।

    अक्षय कुमारin-his-tweet-aamir-also-thanked-the-bmc-officials-for-taking-such-good-care-of-his-family-members-and-for-fumigating-and-sterlising-the-entire-society-.jpg

    बलिउडका ‘खेलाडी’ नामले परिचित अक्षय बलिउडमा अझै पनि उत्तिकै व्यस्त र धेरै कमाई गर्ने अभिनेतामा पर्छन् । तर, फिल्ममा आउनुअघि उनले अक्की बैङ्ककको एक रेष्टुरेन्टमा शेफको काम गर्ने गर्थे । जहाँ उनले हरेक महिना १५०० तलब दिइन्थ्यो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार