आइतबार, मंसिर ९ गते २०८१

श्रीमानलाई खुशी बनाउन जान्नैपर्ने २० सुत्र !

श्रीमानलाई खुशी बनाउन जान्नैपर्ने २० सुत्र !

अखबार दैनिक
बिहीबार , कात्तिक २० २०७७
  • श्रीमानलाई खुशी बनाउन जान्नैपर्ने २० सुत्र !

    कात्तिक २०,

    images

    श्रीमान श्रीमतीको सम्बन्धलाई सुमधुर बनाउन अनेक उपाय अपनाइन्छन् । विश्वका अधिकांश देशमा पुरुष प्रधान नै हाबी छ । दम्पत्ती बीचको सम्बन्धलाई सुमधुर बनाउन महिला पुरूष दुवैको उत्तिकै महत्वपुर्ण भुमिका हुन्छ । दुबैले धेरै विषयमा सम्झौता गरेर अघि बढ्दा नै दाम्पत्य जीवन सफल हुन्छ । त्यसमा पनि श्रीमतीले अझ बढी सम्झौता गर्नुपर्ने अनुसन्धानले देखाएको छ । पछिल्लो एक अनुसन्धानबाट सार्वजनिक भएको निष्कर्ष अनुसार श्रीमानलाइ खुशी बनाउन साथै श्रीमानका अगाडि श्रीमतीले गर्नु नहुने २० बुँदा यहाँ प्रस्तुत गरेका छाै ।

    यी कतिपय कुरा महिलाका लागि मात्र नभइ पुरूषका लागि पनि लागु हुन्छन् भने पुरुषहरुले पनि महिलाहरुलाई उत्तिकै सम्मान गर्न आवस्यक छ ।

    – श्रीमानसँग ठूलो आवाजमा कहिल्यै नबोल्नु ।

    – श्रीमानको कमजोरी परिवार र साथीको अगाडि नखोल्नु ।

    – आफ्नो मुड अनुसार कहिल्यै कुरा नगर्नु ।

    – अरु पुरुषसँग श्रीमानको कहिल्यै तुलना नगर्नु ।

    – श्रीमानको साथीको बारेमा कहिल्यै नराम्रो नबोल्नु ।

    – कुनैदिन श्रीमान खाली हात घर आए, उसलाई गाली नगर्नु र अनावश्यक किचकिच नगर्ने ।

    –अवस्था हेरेर मात्र सपिङ गर्नु ।

    –समय समयमा चुम्बन, अंकमाल गरेर रिफ्रेश बनाईरहनु ।

    –श्रीमानको पसिना ख्याल गर्नु ।

    – समय समयमा यौन सम्बन्ध राख्न तयार बन्नु, लामो समयसम्म यौन सम्पर्क नराख्दा उसलाई तनाव हुनसक्छ ।

    – समुहमा रहँदा श्रीमानलाई पहिला जवाफ दिने मौका दिनु ।

    – बच्चाको अगाडि कहिल्यै श्रीमानलाई गाली नगर्नु ।

    – घरबाट बाहिर निस्कनु अघि श्रीमानको कपडा ख्याल गर्नु ।

    – आफ्नो साथीलाई श्रीमानको धेरै नजिक हुने मौका नदिनु ।

    – आफ्नो मायालाई पैसासँग तुलना नगर्नु ।

    – श्रीमानको अगाडि धेरै व्यस्त नहुनु, उसलाई समय दिनु ।

    – श्रीमान र आफ्नो तुलना कहिल्यै नगर्नु ।

    – श्रीमानको आफ्नो पूर्व प्रेमीसँग कहिल्यै तुलना नगर्नु ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार