सोमबार, वैशाख ३१ गते २०८१

मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो : प्रधानमन्त्री ओली

मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो : प्रधानमन्त्री ओली

अखबार दैनिक
बुधबार, कात्तिक १९ २०७७
  • मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो : प्रधानमन्त्री ओली

    कात्तिक १९,

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूले राजीनामा नदिने बताएका छन् । बुधबार मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

    “बाहिर सञ्चारमाध्यममा हल्ला फैलिसकेछ राजीनामा दिन आँटिसक्नुभयो भनेर,” प्रधानमन्त्री ओलीले भने । “अहिले मैले राजीनामा दिन मिल्छ ? मेरो लागि होइन, मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसैले मैले राजीनामा दिन्न । उनले बाहिर के तयारी भइरहेको छ भन्ने बारेमा आफूलाई कुनै जानकारी नभएको बताए ।

    “बाहिर तयारी गर्दैछन् भन्ने सुनिन्छ । केही पनि हुने वाला छैन । मेरा करले होइन, जनताको आवश्यकता र समर्थनले आएको हो । यहाँ पुगेको व्यापक जनसमर्थनबाट हो,” उनले भनेका छन्, “तपाइँहरु ढुक्क भएर काममा लाग्नुस् । धेरैपल्ट भित्रबाहिर प्रयास भए । जे मा पनि आलोचना गर्ने । अस्थिरताको खेती गरिरहने प्रयास केहीमा आदत छ । त्यस्तालाई म के गर्छु र । देशमा स्थिरताका लागि काम गर्छौं ।”

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ