आइतबार, जेठ ६ गते २०८१

पूर्वसभामुख महराकी पत्नीको निधन

पूर्वसभामुख महराकी पत्नीको निधन

अखबार दैनिक
बुधबार, कात्तिक १९ २०७७
  • पूर्वसभामुख महराकी पत्नीको निधन

    कात्तिक १९,

    images

    पूर्वसभामुख कृष्णबहादुर महरालाई पत्नी शोक परेको छ । महराकी पत्नी सीताको उपचारका क्रममा काठमाडौँको नर्भिक अस्पतालमा निधन भएको हो । माइस्थेनियाबाट विगत १० वर्षदेखि पीडित रहेकी उनमा कोरोना संक्रमण भएपछि अवस्था गम्भीर बनेको थियो । नर्भिकमा उनलाई १५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको भए पनि बुधबार बिहान निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

    श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई केही दिनअघि दाङबाट हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो । सीता २०१८ साउन १३ गते रोल्पामा जन्मेकी थिइन्। कृष्णबहादुर महरासँग उनको २०३५ सालमा विवाह भएको थियो । उनका दुई छोरा र दुई छोरी रहेका छन् । महरा भूमिगत भएपछि तत्कालीन राज्यले धेरैपटक सीतालाई यातना दिनुका साथै केही दिन हिरासतमा पनि लिएको थियो । २०५४ साउन २९ गते राती रोल्पा मेबाङस्थित घरमै आएर नाबालक छोराछोरीलाई घरमा थुनेर गिरप्तार गर्न थालेपछि उनी प्रहरीको घेरा तोड्न सफल भएकी थिइन् ।

    त्यसपछि घरभित्र थुनिएका छोराछोरी पनि घरपछाडिको ढोकाबाट भागेर बाँचेका थिए । त्यहीँ दिनदेखि घर छोडेका महरा परिवार नै पूर्णकालीन कार्यकर्ताको रुपमा जनयुद्धमा सहभागी भएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार