सोमबार, वैशाख ३१ गते २०८१

प्रचण्डका कारण नेकपामा संकट आयो : नेता पोखरेल

प्रचण्डका कारण नेकपामा संकट आयो : नेता पोखरेल

अखबार दैनिक
मंगलबार, कात्तिक १८ २०७७
  • प्रचण्डका कारण नेकपामा संकट आयो : नेता पोखरेल

    कात्तिक १८,

    images

    नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण अहिलेको अवस्था आएको नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले टिप्पणी गरेका छन् । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक खालको सहमति गर्ने र खुमलटार र भैसेपाटीमा गुटको भेला गरेर सहमति विपरित अर्को काम गर्ने प्रवृतिका कारण पार्टी अप्ठेरो स्थितिमा पुगेको नेता पोखरेलले बताए ।उपप्रधानमन्त्री समेत रहेका नेता पोखरेलले अध्यक्ष प्रचण्डको दोहोरो प्रवृतिका कारण अहिलेको स्थितिमा पार्टी आइपुगेको बताए ।

    ‘बालुवाटारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउनुहुन्छ प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गर्न, छलफल हुन्छ, त्यहाँ कुराहरु हुन्छ अनि काउण्टर रणनीति के बन्छ भन्दा समिकरणको हिसाबले उहाँले खुमलटारमा गएर वा भैसेपाटीमा गएर छुट्टै सरसल्लाह गरेर योजना बनाउनुहुन्छ र त्यो योजना यता ल्याउनुहुन्छ । अनि समस्या त खडा हुने भयो, उनले भने, गर्नु के पर्थ्यो भने, दुईवटा अध्यक्षको बीचमा छलफल हुने सहमति हुने यदि सहमति हुन सकेन भने आ–आफ्नो विश्वासिला साथिहरु दुवै अध्यक्षले राखेर कुरा के भएको हो भनेर खराखरी कुरागरे भइहाल्छ । अनि त्यस आधारबाट गाइडेड हुने र त्यो महाधिवेसन सम्म पुर्याउने कुरा गरेत हुन्थ्यो । त्यो नगर्ने वित्तीकै बिग्रेको हो ।’

    पार्टी एकता गर्दाको समयमा भएको सहमतिको आधारमा रहेर दुवै अध्यक्षले संवाद गरे अहिलेको विवाद अन्त्य हुन सक्ने पनि उनले बताए । पार्टी एकता गर्दाको आधारमा टेकेर काम गर्नुपर्नेमा गलत ठाउँमा टेक्दाको परिणाम अहिलेको स्थिति रहेको पनि नेता पोखरेलले बताए । ‘फेरि एकता गर्दा तय गरिएका आधारमा फर्कन पर्यो, त्यो आधारमा टेक्नुपर्यो, त्यहाँ टेकेर अगाडी बढ्नु पर्यो । यदि सकारात्मक निष्कर्षमा पुर्याउने, दुर्घटना हुनबाट बचाउने हो भने यो भन्दा अर्को कुनै विकल्प हुँदैनु उनले भने, यदि प्रधानमन्त्रीलाई छिर्के लगाउने अनेक ढंगले समस्या खडा गर्ने हो भने समस्या झनझन बल्झिन्छ, दुखद परिणाम हुन्छ ।’

    अहिले पनि अध्यक्ष प्रचण्डले गुटको भेला गर्ने र प्रधानमन्त्री समक्ष दवाव सिर्जना गर्ने हो भने एकीकरणले सार्थकता नपाउने नेता पोखरेलले बताए । यस्तै उनले अध्यक्ष प्रचण्डले पार्टीको कार्यकारी अध्यक्ष भएदेखि विवाद झिक्ने बाहेक केही पनि काम गर्न नसकेको समेत बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ