बिहीबार , असोज १ गते २०८३

कपिलवस्तुमा बस दु र्घटना : ३८ जना घाइते

कपिलवस्तुमा बस दु र्घटना : ३८ जना घाइते

अखबार दैनिक
मंगलबार, जेठ १२ २०८३
  • कपिलवस्तुमा बस दु र्घटना : ३८ जना घाइते

    कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–४, बरईपुरस्थित तौलिहवा–बहादुरगन्ज हुलाकी सडकखण्डमा मंगलबार (आज) बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस सडकमा पल्टिएको प्रहरीले जनाएको छ । 

    दुर्घटनापछि उद्धार गरी उपचारका निम्ति घाइतेलाई जिल्ला अस्पताल तौलिहवा पठाइएको थियो । घाइतेमध्ये ३५ जनालाई थप उपचारका निम्ति भैरहवास्थित विभिन्न अस्पतालमा ‘रिफर’ गरिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार, दुईजनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेमा बर्दियाकी ४५ वर्षीया पवित्रा देवकोटा र सुर्खेतका ३० वर्षीय प्रकाश विक छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार