बिहीबार , असोज ३ गते २०८१

धार्चेमा साहसिक साईकल मार्ग निर्माण

धार्चेमा साहसिक साईकल मार्ग निर्माण

अखबार दैनिक
आइतबार, कात्तिक १६ २०७७
  • धार्चेमा साहसिक साईकल मार्ग निर्माण

    पोखरा 
    उत्तरी गोरखाको धार्चे गाउँपालिकाको गुम्दा भीरकोट (चुङकाङ) डाँडा देखि लाप्राक सम्म साहसिक साईकल मार्ग निर्माण गरिएको छ । गाउँपालिकाले निर्माण गरेको करिब १६ कि.मी. लामो साहसिक साईकल मार्गको उद्घाटन शनिवार एक कार्यक्रमका बिच गण्डकी प्रदेशका उद्योग पर्यटन बन तथा बतावरण मन्त्री बिकास लम्सालले उद्घाटन गर्नुभएको हो ।
    उद्धघाटन गर्दै मन्त्री लम्सालले धार्चे गाउँपालिकाको बिकास पर्यटनबाट संभव भएको बताउँदै गाउँपालिकाको अभियानमा प्रदेश सरकारले साथ दिने बताउनुभयो । भौगोलिक रुपमा बिकट भएपनि पर्यटनको प्रचुर संभावना बोकेको धार्चेमा पर्यटन प्रर्वद्धन गर्ने गतिविधि संचालन गर्न, भौतिक संरचना निर्माण गर्न आफ्नो प्रयास निरन्तर रहने उहाँले बताउनुभयो । नेपालको कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान उल्लेख्य रहेको भन्दै उहाँले अझै धेरै सम्भावना पर्यटनको क्षेत्रमा रहेकोले तीनै तहका सरकारहरूको पर्यटन र पूर्वाधार निर्माणको काम गरिनुपर्नेमा जोडदिनुभयो । गण्डकी प्रदेश प्रकृति, संस्कृति र साहसिक पर्यटनको हिसाबले धनी रहेको चर्चा गर्नुभयो । साहसिक पर्यटन तर्फ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएकाले यस तर्फ लगानी बढाउनुपर्नेमा जोडदिनुभयो ।
    प्रदेश सभा सदस्य धनञ्जय दवाडीले पर्यटन समृद्धिको आधार भएकाले पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा जोडदिनुभयो । 
    प्रकृति र संस्कृतिको खुल्ला संग्रालयको रुपमा धार्चेलाई विकास गर्न खोजिएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताउनुभयो । ‘पर्यटनको क्षेत्रमा हामीले सुरुदेखि लगानी गर्दै आएका छौँ’ उहाँले भन्नुभयो ‘अहिले मन्त्री ज्यू सहभागी हुनुभएको सबै गतिविधि पर्यटन लक्षित छ, धार्चेको संभावना पर्यटनबाट नै छ, हामी निरन्तर लागिरहने छौँ ।’शुक्रवार धार्चे पुगेका मन्त्री लम्सालले लाप्राकको गुप्सीपाखामा गैर आबासिय नेपाली संघ (एनआरएनए) ले निर्माण गरेको एकिकृत नमुना बस्तीको अवलोकन गनुभएको थियो । उक्त बस्तीमा केयर नेपालको सहयोगमा स्वाँरा सघनले निर्माण गरेको खानेपानी आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको वडा अध्यक्ष राज गुरुङले बताउनुभयो ।

    images

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ