मुगुको सोरु गाउँपालिका वडा नं ७ स्थित विजय आवासीय माध्यमिक विद्यालयको भवन नभएका कारण जस्ताको टहरामा बसेर पढ्न बाध्य विद्यार्थी । प्राथमिक तहका लागि भवन भए पनि निम्न माध्यमिक र माध्यमिक तहका लागि भवन नभएकाले टिनको टहरा बनाई कक्षा सञ्चालन गरिएको छ । सो विद्यालयमा अहिले २६० विद्यार्थी अध्ययनरत छन् । वरिपरि खुला र जस्ताको छानो भएकाले चर्को घाम लाग्दा, हावाहुरी चल्दा र पानी पर्दा अध्ययन अध्यापन गराउन भने समस्या छ ।

प्रतिक्रिया दिनुहोस