सोमबार, वैशाख ३१ गते २०८१

पार्टी फुटाएर योभन्दा शक्तिशाली सरकार बनाउने सामर्थ्य राख्छु : प्रचण्ड

पार्टी फुटाएर योभन्दा शक्तिशाली सरकार बनाउने सामर्थ्य राख्छु : प्रचण्ड

अखबार दैनिक
आइतबार, कात्तिक १६ २०७७
  • पार्टी फुटाएर योभन्दा शक्तिशाली सरकार बनाउने सामर्थ्य राख्छु  : प्रचण्ड

    कार्तिक १६,

    images

    प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डवीच शनिबार बालुवाटारमा ११ दिनको अन्तरालमा भेटवार्ता भयो । सो भेटवार्ताले अध्यक्षद्वयवीचको दुरी घटाउने अपेक्षा गरिएको थियो । तर, प्रधानमन्त्री ओली र प्रचण्ड बिचको नयाँ विवादले नेकपाभित्र थप खैलाबैला मच्चिएको छ ।

    शनिबारको भेटवार्तामा प्रधानमन्त्री ओलीले 'अब आ-आफ्नो बाटो लागौं' भन्दा प्रचण्डले, मैले चाहेको खण्डमा पार्टी फुटाएर योभन्दा शक्तिशाली सरकार बनाउने सामर्थ्य राख्छु भनेर प्रतिउत्तर दिए । सो कुरा नेकपा सचिवालयका एक नेताले अखबरदैनिकलाई बताए ।

    विगत ११ दिनको सम्वादहीनतालाई चिर्दै शनिबार बालुवाटारमा दुई अध्यक्षवीच छलफल भएको थियो । त्यसअघि दुई अध्यक्षवीच फोनमा कुराकानी पनि भएको सुन्न आएपनि वर्तमान विवादको जडलाई हेर्दा यसै भन्न सकिने अवस्था छैन ।

    प्रधानमन्त्री ओलीका पछिल्ला हरेक निर्णयमा मौन बिरोध जनाय पनि खुलेरै बोल्न नसकिरहेका प्रचण्ड यसपटक भने प्रधानमन्त्री समक्ष अलिक खरो उत्रिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ