बिहीबार , असोज १ गते २०८३

अब यो देशका सहकारी ठगहरूले उन्मुक्ति पाए, आखिर सरकारले राज्यकोषबाट तिरिहाल्छ : हर्क

अब यो देशका सहकारी ठगहरूले उन्मुक्ति पाए, आखिर सरकारले राज्यकोषबाट तिरिहाल्छ : हर्क

अखबार दैनिक
शुक्रबार, जेठ ८ २०८३
  • अब यो देशका सहकारी ठगहरूले उन्मुक्ति पाए, आखिर सरकारले राज्यकोषबाट तिरिहाल्छ : हर्क

    श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सांसद हर्क साम्पाङले यो देशका सहकारी ठगहरूले उन्मुक्ति पाउने आशंका व्यक्त गरेका छन्। सरकारले राज्यकोषबाट पीडितहरूको पैसा तिरिहाल्ने बताउँदै उनले यस्तो आशंका व्यक्त गरेका हुन्। सांसद साम्पाङले अब सहकारी ठगीका घटना झनै बढ्दै जाने भनाइ राखे।'अब यो देशका सहकारी ठगहरूले उन्मुक्ति पाए। 

    अब अरूले पनि ठग्नेछन्। आखिर सरकारले राज्यकोषबाट तिरिहाल्छ। सुशासनका सत्यानाश...' उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।यसअघि, भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी पीडितको बचत रकम फिर्ता गर्न चक्रीय कोषमा बीउपुँजीका रूपमा २५ करोड रुपैयाँ व्यवस्थापन गर्न लागिएको बताएको थियो। यसका लागि मन्त्रालयले रकम उपलब्ध गराउन अर्थ मन्त्रालयसँग आग्रह गरेको थियो।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार