सरकारले अर्को सूचना नआउँदासम्मका लागि सवारी दर्ता रोक्का गर्ने भएको छ । पूर्वाधार विकास मन्त्रालयले मातहतका निकायलाई परिपत्र गर्दै अर्को व्यवस्था नभएसम्मका लागि सवारी दर्ता रोक्न भनेको हो ।
सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन, सवारीको चाप र ट्राफिक व्यवस्थापनका साथै इन्धनको बढ्दो मूल्यलाई कारण देखाउँदै सरकारले यस्तो निर्णय लिएको हो । तत्कालका लागि सवारी तथा यातायात व्यवस्था ऐन २०४९ दफा १४ अनुसार दर्ता रोक्न अनुरोध छ, परिपत्रमा भनिएको छ । उक्त परिपत्रमा विद्युतीय सार्वजनिक सवारीसाधनको समेत दर्ता रोक्न भनिएको हो ।


प्रतिक्रिया दिनुहोस