सोमबार, वैशाख ३१ गते २०८१

नेकपामा फेरी गंभीर संकट उत्पन्न

नेकपामा फेरी गंभीर संकट उत्पन्न

अखबार दैनिक
आइतबार, कात्तिक १६ २०७७
  • नेकपामा फेरी गंभीर संकट उत्पन्न

    कात्तिक १६,

    images

    नेपाल कम्युनिस्ट पार्टी भित्र अहिले गम्भिर समस्या आईपरेको छ । लामो समयदेखि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच देखिएको विवादले अहिले यस्तो रुप लिएको हो ।

    पछील्लोपटक अध्यक्षद्वयको भेट कात्तिक ४ गते छलफल भएको थियो । त्यसपछि पार्टीभित्र विवाद बढ्दै गएपछि छलफल रोकिएको थियो । पछिल्लो पटकको मन्त्रिपरिषद पुनर्गठन, राजदूत सिफारिस, अन्य नियुक्ति तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव लगायतका विषयमा प्रचण्ड ओलीसँग रिसाएका थिए । त्यसपछि ओली निकटका नेताहरु सन्देश लिएर पटक–पटक खुमलटार पुगेपनि प्रचण्डले छलफलका लागि बस्न मानेका थिएनन् ।

    अहिले उक्त्त विवाद उत्कर्ष मा पुगेको छ । सो कुराको थप पुष्टी गर्दै नेपाल कम्युनिस्ट पार्टि (नेकपा)का महासचिब समेत रहेका विष्णु पौडेलाले सनसनिपूर्ण ट्विट गरेका छन् । उनले लेखेका छन् : "यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकीकृत र अविभाज्य अस्तित्वका सामु गंभीर संकट उत्पन्न भएको छ । आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरु समक्ष अनुरोध गर्दछु ।"

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ