बिहीबार , असोज १ गते २०८३

चण्टुकुण्डा तालको अतिक्रमण हटाइने

चण्टुकुण्डा तालको अतिक्रमण हटाइने

अखबार दैनिक
बुधबार, जेठ ६ २०८३
  • चण्टुकुण्डा तालको अतिक्रमण हटाइने

    कृष्णपुर नगरपालिका–३ चित्रपुरस्थित जैविक विविधताले समृद्ध चण्टुकुण्डा ताल ९पोखरी० क्षेत्रको अतिक्रमण हटाउने प्रक्रिया सुरु गरिएको छ । ताल क्षेत्रको सार्वजनिक जग्गा अतिक्रमण गरी भोगचलन भइरहेको भन्दै नगरपालिकाले सात दिनभित्र क्षेत्र खाली गर्न सार्वजनिक सूचना जारी गरेको हो ।

    सार्वजनिक ताल अतिक्रमण गरिएको उजुरी परेपछि नगरपालिकाले स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा साविक देखतभुली–९ सिथ्त उक्त ताल नापी कार्यालय कञ्चनपुरको फिल्डबुक तथा भूमि प्रशासन कार्यालयको अभिलेखमा सार्वजनिक तालका रूपमा कायम रहेको पुष्टि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भट्टले जानकारी दिनुभयो ।

    केही व्यक्तिले सार्वजनिक ताल क्षेत्र अतिक्रमण गरी भोगचलन गरिरहेको पाइएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४को परिच्छेद १३ दफा ९७ (१) अनुसार सार्वजनिक सम्पत्तिको संरक्षणका गर्नु नगरपालिकाको कर्तव्यअन्तर्गत पर्ने प्रमुख प्रशासकीय अधिकृत भट्टले बताउनुभयो । नगरपालिकाले अतिक्रमण हटाई सार्वजनिक जग्गा संरक्षण अभियानमा सहयोग गर्न स्थानीयवासीलाई आग्रह गरेको छ । कसैको हकदाबी वा स्वामित्वसम्बन्धी प्रमाण भए तीन दिनभित्र आवश्यक कागजातसहित नगरपालिकामा उपस्थित हुन भनिएको छ ।

    तोकिएको अवधिभित्र अतिक्रमण हटाउन अटेर गरे प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने नगरपालिकाले जनाएको छ । सार्वजनिक ताल तथा जलस्रोत अतिक्रमणका घटना बढ्दै जाँदा जलाधार संरक्षण, जैविक विविधता र स्थानीय वातावरणीय सन्तुलनमा असर पुग्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गर्दै आएका छन् । स्थानीय तहले पछिल्लो समय सार्वजनिक ताल, पोखरी र वन क्षेत्र संरक्षणलाई प्राथमिकतामा राख्दै अतिक्रमण नियन्त्रण अभियानलाई तीव्रता दिएका छन् । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार