सोमबार, वैशाख ३१ गते २०८१

नेकपा संकट : ओली-प्रचण्डविच कात्तिक ३ देखि भेटघाट बन्द

नेकपा संकट : ओली-प्रचण्डविच कात्तिक ३ देखि भेटघाट बन्द

अखबार दैनिक
शनिबार, कात्तिक १५ २०७७
  • नेकपा संकट : ओली-प्रचण्डविच कात्तिक ३ देखि भेटघाट बन्द

    कात्तिक १५,

    images

    प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कात्तिक ३ गतेदेखि कुनै भेटघाट हुन सकेको छैन । प्रधानमन्त्री ओलीले पटकपटक भेट्न खोजे पनि प्रचण्डले भेट्न चाहेका छैनन् । उनेले २/३ दिन नभेट्ने सन्देश पठाउने गरेका छन् । दुई नेताविच असमझदारी बढेसँगै ओलीले आफूनिकट नेताहरूलाई दैनिकजसो प्रचण्ड निवास खुमलटार पठाएका छन् । प्रधानमन्त्री ओली निकटका परराष्ट्र मन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवाली शुक्रबार खुमालटार पुगेका थिए । कर्णाली प्रदेश प्रकरण, मन्त्रिपरिषद पुनर्गठन, रअ प्रमुखसँगको भेट, पर्सा घटनालगायतका विषयमा असन्तुष्टि जनाउँदै प्रचण्ड बालुवाटार गएका छैनन् ।

    यसअघि बिहिबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डलाई भेटेका थिए । त्यस्तै बुधबार अर्थमन्त्री एवं पार्टी महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डसँग छुट्टाछुट्टै भेट गरेका थिए । तर कुनै भेटबाट पनि प्रचण्ड सकारात्मक हुन सकेका छैनन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ