आइतबार, मंसिर ९ गते २०८१

एडीबीको ‘नेपालमा अग्रणी पार्टनर बैंक’ अवार्ड नबिल बैंकलाई

एडीबीको ‘नेपालमा अग्रणी पार्टनर बैंक’ अवार्ड नबिल बैंकलाई

अखबार दैनिक
बिहीबार , कात्तिक १३ २०७७
  • एडीबीको ‘नेपालमा अग्रणी पार्टनर बैंक’ अवार्ड नबिल बैंकलाई

    कार्तिक १३,

    images

    नबिल बैंक लिमिटेडलाई २०२० का लागि एसियाली विकास बैंक–ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (टीएससीएफपी)ले नेपालको अग्रणी पार्टनर बैंकको रूपमा मान्यता दिएको छ ।

    एसियाली विकास बैंकको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्रामले व्यापार तथा वित्तको बजारलाई उत्थान गर्दै व्यापार बढावा दिने उद्देश्यका साथ बैंकहरुलाई ग्यारेन्टी र ऋण प्रदान गर्दछ । ट्रेड फाइनान्स प्रोग्रामले ग्यारेन्टी र ऋणमार्फत बजारमा रहेका कठिनाईहरु अन्त गरेर दिगो विकासका लक्ष्यहरु हासिल गर्न देशहरुलाई सहयोग गर्ने गर्दछ ।

    एडीबी व्यापार वित्त कार्यक्रम घोषणा अनुसार नबिल बैंकले १ जुलाई २०१९ देखि ३० जून २०२० सम्म नेपालमा यो प्रोग्रामसँग सबैभन्दा बढी कारोबार गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ