बिहीबार , असोज ३ गते २०८१

कुल बहादुर श्रमजिवी,कर्मनिष्ठ हुनुहुन्थ्यो

कुल बहादुर श्रमजिवी,कर्मनिष्ठ हुनुहुन्थ्यो

अखबार दैनिक
आइतबार, कात्तिक ९ २०७७
  • कुल बहादुर श्रमजिवी,कर्मनिष्ठ हुनुहुन्थ्यो

     

    images


    पर्वत
    नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटि सदस्य तथा गण्डकी प्रदेश प्रमुखका प्रमुख स्वकिय सचिव गगन कुमार थापा ( प्रदीप ) का पुजनिय पिता कुल बहादुर घर्तीको निधनको छौठौँ पुण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) विहादी गाउँपालिका कमिटिले आईतबार घर्तीको निवासमै श्रद्धाञ्जली सभा आयोजना गरेको हो ।
    श्रद्धाञ्जली सभामा बोल्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले मृतक घर्ती समाजको अत्यान्तै प्रष्ट वक्ता, मिलनसार तथा समाजसेवी भएको चर्चा गर्दै घर्तीको अनुकरणिय कार्यशैलीको प्रशंशा गर्नुभयो । “आफ्नो ठुलो परिवारलाई सानो श्रम बाट जिवित राख्ने उहाँ कुशल अभिभावक हुनुहुन्थ्यो, कर्मनिष्ठ हुनुहुन्थ्यो,उहाँलाई गुमाउनु प¥यो मन्त्री लम्सालले भन्नुभयो,” समाजिक परिर्वतनको लागि निडर तथा बौद्धिक छोराहरुको उहाँले जन्मदिनुभयो । घर्ती असल तथा श्रमजिवी व्यक्तित्व भएको मन्त्री लम्सालको भनाई थियो ।
    मन्त्री लम्सालले सामाजिक क्रान्तिको लागि मौदानमा होमिएका जोकोहीँलाई पनि घर्तीले हौसाला बढाउने गरेको स्मरण गर्दै कम्यूनिष्ट आन्दोलनलाई सफल पार्न थापाले महत्वपुर्ण योगदान पु¥याएको चर्चा गर्नुभयो ।
    नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)  प्रदेश कमिटि सदस्य हरि न्यौपानेले आफुहरुले एउटा अभिभावक तथा कुशल मार्गदर्शक गुमाएको बताउनुभयो ।
    मृतक घर्तीका माईला छोरो तथा जनता आधारभुत विद्यालयका प्र.अ. सुर्य कुमार थापाले आफ्नो बुवाको गुण तथा अवगुण बारे चर्चा गर्दै बुवालाई गुमाउदाको दुखद् क्षणमा समवेदना प्रकट गर्नु भएका सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । कुल बहादुर घर्तीको यहीँ कार्तीक ४ गते ९३ बर्षको उमेरमा निधन भएको थियो ।
    नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेता ऋषीराम भुषाले सञ्चालन गर्नुभएको शोकसभामा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रदेश कमिटि सदस्य राम गिरी, जिल्ला समन्वय समितिका उपप्रमुख याम कुमारी राना, विहादी गाउँपालिकाका अध्यक्ष कमल प्रसाद भुषाल, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) विहादीका अध्यक्ष सविन गुरुङ, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) पैँयू गा.पा. अध्यक्ष चोकलाल न्यौपाने, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेता मित्रलाल बस्याल, अनिल मास्के, हरि पौडेल,कमल भुषाल, तुलसी पौडेल, विहादी गा.पा. वडा नं. २ का वडाध्यक्ष ओमप्रसाद कुँवर, पैँयू गा.पा. वडा नं. ५ का वडाध्यक्ष महेन्द्र श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ