बुधबार, वैशाख २६ गते २०८१

चर्चित गायिका नेहा ककड बिहे बन्धनमा बाधिईन्

चर्चित गायिका नेहा ककड बिहे बन्धनमा बाधिईन्

अखबार दैनिक
आइतबार, कात्तिक ९ २०७७
  • चर्चित गायिका नेहा ककड बिहे बन्धनमा बाधिईन्

    कार्तिक १०,

    images

    बलिउडमा वर्तमान समयकी चर्चित गायिका नेहा कक्कड अन्ततः विवाह बन्धनमा बाँधिएकी छन् । उनले शनिबार अर्थात २४ अक्टुवर रोहनप्रीत सिंहसँग विवाह गरेकी हुन् । 

    दुबैको विवाह दिल्लीको उत्तर नगरको एक गुरुद्धारमा भएको थियो । विवाह पछि दुबै एयरोसिटीस्थित होटल जे डब्ल्यु म्यारियट पुगेका थिए । त्यहाँ दुबैपक्षको नजिकका आफन्त, साथीहरुको उपस्थिति रहेको थियो ।

    विवाह समारोहमा दुबैले एकै कलरको आउटफिट्स लगाएका थिए ।  नेहा क्रिम कलरको लेहंगामा सजिएकी थिइन् । उनले यसको अलवा हेवी मेकअप, झुमकाको अलवा हातमा चुरा समेत लगाएकी थिइन् । नेहा दुलहीका रुपमा निकै सुन्दर देखिन्थिन् ।

    विवाह अगाडि नेहा र रोहनप्रीतको हल्दी र संगीत कार्यक्रमको भिडियो समेत बाहिर आएको थियो । जुन भिडियोले समेत चर्चा बटुलेको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार