बुधबार, वैशाख २६ गते २०८१

क्लिन फिडको बहानामा उपभोक्ता ठग्ने योजना बनाउदै केबल संचालक

क्लिन फिडको बहानामा उपभोक्ता ठग्ने योजना बनाउदै केबल संचालक

अखबार दैनिक
शनिबार, कात्तिक ८ २०७७
  • क्लिन फिडको बहानामा उपभोक्ता ठग्ने योजना बनाउदै केबल संचालक

    कात्तिक ८,

    images

    सरकारले विदेशी च्यानलहरुको प्रशारणमा विज्ञापनरहित (क्लिन फिड) लागू गरेसँगै उपभोक्तामा थप आर्थिक भार थपिने भएको छ । नेपाल सरकारको नीति अनुसार विदेशी सशुल्क च्यानलले विज्ञपनरहित विषयवस्तु प्रशारण गर्न साविकको मूल्यमा दिन नसक्ने बताएसंगै ग्राहकले अब थप आर्थिक भार व्याहोर्नु पर्ने भएको हो । क्लिन फिड लागू भएको वहाना बनाएर केवल संचालकहरुले उपभोक्तालाई ठग्ने योजाना बनाउन थालेका छन् । केवलको मूल्य कसरी बढाउने भन्ने बहाना खोजिरहेका केवल संचालकहरुले यो मौकामा केबलको मुल्य बढाउने योजना बनाएका हुन् ।

    सुविसु केबल नेटवर्कका अध्यक्ष सुधीर पराजुलीले विज्ञापन रहित प्रशारण हुन थालेपछि ग्राहकले कम्तिमा २५ प्रतिशत थप शुल्क तिर्नुपर्ने अवस्था आउने बताए । साथै च्यानलहरुलाई व्यवस्थित रुपमा हेर्न अझै तीनचार महिना कुर्नुपर्ने पनि उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार