बिहीबार , असोज ३ गते २०८१

यसपाली दशैंमा अधिकांश उपत्यकाबाट बाहिरिएनन्

यसपाली दशैंमा अधिकांश उपत्यकाबाट बाहिरिएनन्

अखबार दैनिक
बिहीबार , कात्तिक ६ २०७७
  • यसपाली दशैंमा अधिकांश उपत्यकाबाट बाहिरिएनन्

    कार्तिक ६,

    images

    महानगरीय ट्राफिक महाशाखाका एसएसपी भीमप्रसाद ढकालका अनुसार अघिल्लो वर्ष यही समयमा एक दिनमा एक लाख सर्वसाधारण बाहिरिएका थिए । तर यस वर्ष भने उच्चतम् बाहिरिएका दैनिक यात्रुको संख्या २५ हजार मात्रै छ ।

    घटस्थापनादेखि ५ गतेसम्म एक लाख १६ हजार एक सय ३३ जनाले काठमाडौं उपत्यका छाडेका छन् । सोही अवधिमा ८० हजार तीन सय ७८ जना विभिन्‍न नाका प्रयोग गरी उपत्यका भित्रिएको ट्राफिक महाशाखाको रेकर्डमा उल्लेख छ । १ गते २१ हजार चार सय ७८ यात्रु बाहिरिँदा २ गते २३ हजार तीन सय ९२ यात्रु बाहिरिए । यस्तै ३ गते २३ हजार आठ सय ३६ यात्रु, ४ गते २२ हजार दुई सय ९९ र ५ गते २५ हजार एक सय २८ जनाले उपत्यका छाडे ।

    काठमाडौंमा कोरना महामारीको जोखिम उच्च छ । दैनिक दुई हजार बढी नयाँ संक्रमित थपिँदै गएका छन् । यस्तोमा काठमाडौं छाडेर गाउँघर जाँदा आफ्नो कारणले अरुलाई जोखिम बढ्ने भएकाले पनि घर जानेको संख्यामा कमी आएको कतिपयको बुझाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ