बिहीबार , असोज ३ गते २०८१

विप्लव समूह सरकारविरूद्ध सक्रिय हुने

विप्लव समूह सरकारविरूद्ध सक्रिय हुने

अखबार दैनिक
बुधबार, कात्तिक ५ २०७७
  • विप्लव समूह सरकारविरूद्ध सक्रिय हुने

    कार्तिक ५,

    images

    नेत्र विक्रम चन्द (विप्लव) नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले सरकारविरूद्ध देशव्यापी विरोध कार्यक्रमको घोषणा गरेको छ । विप्लव पार्टीले बुधबार विज्ञप्ति जारी गर्दै सरकारले कोरोना भाइरसको परीक्षण र उपचार नि:शुल्क गर्नुपर्ने, अग्रपंक्तिमा खटिएकाहरूलाई विशेष सुविधा दिनुपर्ने मागसहित विरोध गर्न लागेको हो । महामारीले आक्रान्त भएका जनतालाई राहत पुर्‍याउनुको सट्टा स्वास्थ्य परीक्षण गर्नुबाट पन्छिएको भन्दै विरोध गर्न लागेको पार्टीले जनाएको छ ।

    पार्टीले सरकारसँग कोरोना भाइरसको नि:शुल्क परीक्षण र उपचारको व्यवस्था गर्न माग गरेको छ । अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सफाइकर्मी लगायतलाई विशेष आर्थिक सुविधा, स्वास्थ्य र सामाजिक सुरक्षाको उचित व्यवस्था गर्न समेत आग्रह गरेको छ । साथै, संकटको जनताको स्वास्थ्यमा खेलबाड गरी सम्पत्ति कुम्ल्याउने माध्यम नबनाउन भन्दै चेतावनी दिएको छ । पार्टीले तीन दिनको लागि विरोध कार्यक्रमहरू आयोजना गर्न लागेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ