बिहीबार , असोज ३ गते २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीले दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने

गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीले दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने

अखबार दैनिक
बुधबार, कात्तिक ५ २०७७
  • गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीले दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने

    पोखरा
    गण्डकी प्रदेश मन्त्रिपरिषद बैठकले  मुख्यमन्त्री र मन्त्रीहरुको दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्ण गरेको छ । बुधबार बिहान बसेको मुख्यमन्त्रीसहित ७ जना मन्त्रीलाई आउने दसैं भत्ता कोभिड कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
     तलब बराबर आउने भत्ता प्रदेश सरकारको कोरोना कोषमा जम्मा गर्ने निर्ण भएको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो । गण्डकी प्रदेशमा मुख्यमन्त्रीको तलब ७० हजार सात सय ३० रुपैयाँ र मन्त्रीको ६० हजार तीन सय २० रुपैयाँ तलब रहेको छ 

    images

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ