बिहीबार , असोज ३ गते २०८१

भाटभटेनी डिपार्टमेन्ट स्टोरको चलाखि ,खाद्य अनुज्ञापत्र नभएको मासु विक्री गरेको प्रमाणित

भाटभटेनी डिपार्टमेन्ट स्टोरको चलाखि ,खाद्य अनुज्ञापत्र नभएको मासु विक्री गरेको प्रमाणित

अखबार दैनिक
सोमबार, कात्तिक ३ २०७७
  • भाटभटेनी डिपार्टमेन्ट स्टोरको चलाखि ,खाद्य अनुज्ञापत्र नभएको मासु विक्री गरेको प्रमाणित

    काठमाडौं । भाटभटेनी सुपरमार्केटले खाद्य अनुज्ञापत्र नभएको खसीबोकाको मासु विक्री गरेको भेटिएको छ ।

    images

    काठमाडौं महानगरपालिकाबाट गएको टोलिले  सोमबार गरेको अनुगमनका क्रममा भाटभटेनी सुपरमार्केटमा विक्रीमा राखिएको मासुको खाद्य अनुज्ञापत्र नरहेको भेटिएको हो ।

     महानगरपालिकाले काठमाडौंको कलंकीमा रहेको भाटभनेनी सुपरमार्केटमा अनुगमन गरेको थियो । अनुगमनपछि पत्रकारहरुसँग कुरा गर्दै महानगरपालिकाका पशु विभाग अधिकृत डम्बरबहादुर बमले खाद्य अनुज्ञापत्र नभएको मासु विक्रीका लागि राखिएको पाइएको बताएका थिए ।

     भाटभटेनीले नेपालगंज देखि खसीबोकाको मासु ल्याई विक्री वितरण गर्दै आएको छ । अनुज्ञापत्र नलिई विक्री गरेको पाइएपछि सम्बन्धित आपूर्तिकर्तालाई फोनगरी खाद्य अनुज्ञापत्र तत्काल लिन आग्रह गरिएको पनि महानगरका पशु विभाग अधिकृत बमले बताए ।

    भाटभटेनी सुपरमार्केटले नेपालगंजबाट खसीबोकाको मासु ल्याई विक्री वितरण गर्दै आएको छ । भाटभटेनीले खसीको प्रतिकेजी ९ सय ९९ रुपैयाँमा र बोकाको ८ सय ९९ सय रुपैयाँमा मासु विक्री गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ