शनिबार, वैशाख २९ गते २०८१

सांसदलाई दशैं भत्ता फिर्ता गर्न कांग्रेसको निर्देशन

सांसदलाई दशैं भत्ता फिर्ता गर्न कांग्रेसको निर्देशन

अखबार दैनिक
सोमबार, कात्तिक ३ २०७७
  • सांसदलाई दशैं भत्ता फिर्ता गर्न कांग्रेसको निर्देशन

    कार्तिक ३,

    images

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दशैं भत्ता फिर्ता गर्न आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले संसद सचिवालयले दशैंभत्ता भनेर सांसदहरुको बैंक खातामा पठाइदिएको रकम फिर्ता गर्न निर्देशन दिएका हुन् ।

    कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले अखबारदैनिकसँग भने, ‘यो वर्षको दशैंभत्ता सरकारलाई फिर्ता गर्ने भनेर हामी संसद सदस्यहरुलाई नेपाली कांग्रेस पार्टीको निर्देशन छ । हामी त्यहीअनुसार गर्छौं । फिर्ता गरिएको रकम कोभिड नियन्त्रण र जनताको उपचारमा सरकारले खर्च गरोस् भन्ने नेपाली कांग्रेसको आग्रह छ ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ