आइतबार, जेठ ६ गते २०८१

मेरो खातामा आएको दसैं भत्ता फिर्ता लैजाउ : डा. भीम रावल

मेरो खातामा आएको दसैं भत्ता फिर्ता लैजाउ : डा. भीम रावल

अखबार दैनिक
आइतबार, कात्तिक २ २०७७
  • मेरो खातामा आएको दसैं भत्ता फिर्ता लैजाउ : डा. भीम रावल

    कार्तिक २,

    images

    सत्ताशिन नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य डा. भीम रावलले कुनै पनि जनप्रतिनिधिले दशैं भत्ता लिननहुने बताएका छन् ।

    कोरोना महामारीमा पनि सांसदहरूले दसैं भत्ता बुझेको खबर सार्वजनिक भएपछि सांसदसमेत रहेका डा. रावलले भत्ता नलिने कुरा बताएका हुन् ।

    आइतबार ट्वीट गर्दै रावलले आफ्नो खातामा पनि भत्ताको रकम राखेको थाहा पाएको उल्लेख गरेका छन् ।

    ‘खातामा भत्ताको रकम राखिएको थाहा पाइयो,’ रावलले भनेका छन्, ‘हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनैपनि जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गरियोस् ।‘

    सांसदहरूले दसैं भत्ता लिन नहुने उनको भनाइ छ । ‘सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ । मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ,’ उनले भनेका छन् । 

    दसैं भत्ताको रकम नलिन कुनै कानुन संशोधन गर्न वा नयाँ कानुन बनाउनुपर्ने पनि डा. रावलले बताएका छन् ।

    तर नेकपा प्रवक्तासमेत रहेका राष्ट्रियसभा सांसद नारायणकाजी श्रेष्ठले भने यसअघि नै तलब र भत्ता नलिने बताइसकेका थिए। उनले एक वर्षको तलब सुविधा नलिने बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार