शनिबार, वैशाख २९ गते २०८१

प्रधानमन्त्रीको स्पष्टीकरण : कुनैपनी हालतमा मुलुकलाई गद्दारी गर्न सक्दिन

प्रधानमन्त्रीको स्पष्टीकरण : कुनैपनी हालतमा मुलुकलाई गद्दारी गर्न सक्दिन

अखबार दैनिक
शुक्रबार, असोज ३० २०७७
  • प्रधानमन्त्रीको स्पष्टीकरण : कुनैपनी हालतमा मुलुकलाई गद्दारी गर्न सक्दिन

    असोज ३०,

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई कुनैपनी हालतमा गद्दारी गर्न नसक्ने बताएका छन् । बुढीगण्डकी जलविद्युत आयोजनामा तीन नेताले ९ अर्ब बााडेर दाबी निराधार भएको समेत प्रष्ट पारेका छन् ।

    पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकीमा प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९ अर्ब बाँडेर खाएको आरोप लगाएका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसले आरोप प्रमाणित गर्न चुनौती पनि दिएका छन् ।

    शुक्रबार प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पनि भट्टराईको दाबीको खण्डन गरे । सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएको, तर केही गैर जिम्मेवार तरिकाले बोलेर हिँडेको उनले बताए ।

    भट्टराईको नाम नलिई उनले भनेका छन्, ‘निर्णय नभएको, कार्यआरम्भ नभएको, हुन्छ या हुँदैन ? कसले गर्छ ? भन्ने टुंगो नभएको आयोजनामा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीले यति अर्ब बाँडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु । यस्ता गैरजिम्मेवार र निराधार अभिव्यक्ति एउटा कुरा हो । तर हामी त्यस्तो गैरजिम्मेवार हुन सक्दैनौं ।’

    जनतालाई गलत सूचना दिएर भड्काउने र गलत बाटोमा लैजाने काम गर्न नसक्ने उनले बतए । भ्रष्टाचार र अपराधविरुद्ध शून्य सहनशीलता सरकारको नीति भएको भन्दै प्रधानमन्त्रीले यसमा नेपाल प्रहरीले भूमिका खेल्ने बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ