बिहीबार , असोज ३ गते २०८१

२४ घण्टामा ३७४९ संक्रमित थपिए, १९ जनाको मृत्यु

२४ घण्टामा ३७४९ संक्रमित थपिए, १९ जनाको मृत्यु

अखबार दैनिक
बिहीबार , असोज २९ २०७७
  • २४ घण्टामा ३७४९ संक्रमित थपिए, १९ जनाको मृत्यु

    असोज २९,

    images

    देशभर कोरोना भाइरसका थप तीन हजार ७४९ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ७४९ संक्रमित थपिएका हुन् ।

    पछिल्लो २४ घण्टामा तीन हजार ५६४ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ८४ हजार ५१८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव ४ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १६ हजार ५९८ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १२ लाख ३७ हजार जनाको पीसीआर परीक्षण गरिएको छ ।

    कोरोना भाइरसको संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । बुधबार देशभर १२ जनाको मृत्यु भएको छ । मंगलबार देशभर १८ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार देशभर कोरोना संक्रमणबाट ९ जना र आइतबार देशभर कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको थियो । र यो सँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको छ ।

    देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ