शनिबार, वैशाख २९ गते २०८१

प्रचण्डले पुन: सुरु गरे गुटगत सक्रियता

प्रचण्डले पुन: सुरु गरे गुटगत सक्रियता

अखबार दैनिक
बिहीबार , असोज २९ २०७७
  • प्रचण्डले पुन: सुरु गरे गुटगत सक्रियता

    असोज २९,

    images

    कुनै समय ‘पार्टीमा गुटबन्दी तथा अनुशासनहीनता अन्त्य गर्न, नीति, विधि र पद्धति स्थापित गर्न विगतमा तय गरिएको आचारसंहितालाई परिमार्जन गरी कडाइका साथ लागू गर्ने' प्रतिवद्दता गर्ने प्रचण्ड पुन गुटगत सेरोफेरोमै ओर्लिएको देखिन्छ ।

    यही कुरालाई अन्तरपार्टी निर्देशन मार्फत महिनादिन अघी मात्रै मातहतका कमिटीमा पठाएका थिए । तर, महिनादिन नबित्दै प्रचण्ड आफैंले त्यसको उल्लंघन गरेका छन् ।

    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही स्वेच्छाचारी भएको आरोप लगाउँदै १८ जना सांसद विद्रोहमा उत्रिएपछि गत सोमबार पार्टी अध्यक्ष प्रचण्डले आफ्नो निवासमा अलग्गै गुट भेला गरेका थिए । भैंसेपाटी गठबन्धन ब्युँताउँदै छलफल गरेका थिए । भेलामा माधवकुमार नेपालसहित उनका पक्षमा प्रभावशाली नेताहरू उपस्थित थिए । प्रचण्ड पक्षका रामबहादुर थापासहित प्रभावशाली नेताहरू उपस्थित भएका थिए । त्यसको असर कर्णालीमा देखियो । विवाद मिलाउन पठाएका केन्द्रीय सदस्य नीरज आचार्यले प्रचण्ड र नेपाल समूह एक बनाएर काठमाडौं फर्किए ।

    हस्ताक्षर गर्ने तीनजना पूर्वमाओवादी केन्द्रका सदस्यहरूलाई विश्वासमा ल्याउन त सकेनन् । तर, उधारोमा तीनवटा मन्त्री र हाताहाती एउटा सचेतक लिएर नेपाल समूह मुख्यमन्त्रीसँग मिल्यो । ओली समूह एक्लियो । त्यो खुमलटार भेलाकै देन थियो ।

    आज पनि प्रचण्डले गुट भेलालाई निरन्तरता दिएका छन् । स्रोतका अनुसार अहिले खुमलटारमा प्रचण्डले कर्णाली प्रदेशका मुख्यमन्त्री, विवाद मिलाउन गएका आचार्यलगायत नेताहरूसँग ब्रिफिङ लिइरहेका छन् । ब्रिफिङमा माधवकुमार नेपाल पनि उपस्थित छन् ।

    स्रोतले अखबारदैनिकलाई जानकारी दिए अनुसार ओली पक्ष आफ्नो अडानबाट पछि नहटेकाले थप रणनीति बनाउन प्रचण्ड-नेपाल पक्ष खुमलटार भेलामा जुटेको हो । दुई अध्यक्षले आजै कर्णाली प्रदेशका पदाधिकारीहरूलाई छलफलमा बोलाएका छन् । ओलीसमेतको उपस्थितिमा छलफल हुनुपूर्व नै नेता नेपालले बोलाएर ब्रिफिङ लिएको एक नेताले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ