सोमबार, जेठ ७ गते २०८१

सिरहामा पाँच वर्षीया बालिकालाई बलात्कार प्रयास गर्दा एक पक्राउ

सिरहामा पाँच वर्षीया बालिकालाई बलात्कार प्रयास गर्दा एक पक्राउ

अखबार दैनिक
मंगलबार, असोज २७ २०७७
  • सिरहामा पाँच वर्षीया बालिकालाई बलात्कार प्रयास गर्दा एक पक्राउ

    २७ असोज

    images

    पाँच वर्षीया नाबालिकालाई जबर्जस्ती करणीको प्रयासको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरका २३ वर्षीय शत्रुधन यादव रहेको प्रहरीले जनाएको छ ।

    स्थानीय पाँच वर्षीया नाबालिकालाई आँपको बगैँचामा लगेर यादवले जबर्जस्ती करणी गर्न खोज्दा निज बालिकाले धकेली भागेको प्रहरीले जनाएको छ । पीडित नाबालिकाका परिवारजनले दिएकोे जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको सिरहा प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जीयारले जानकारी दिए । जिल्ला प्रहरिले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार