शुक्रबार, जेठ ४ गते २०८१

कर्णाली प्रदेशको किचलो चुलिदैँ : मुख्य सचेतक पदमुक्त्त

कर्णाली प्रदेशको किचलो चुलिदैँ : मुख्य सचेतक पदमुक्त्त

अखबार दैनिक
सोमबार, असोज २६ २०७७
  • कर्णाली प्रदेशको किचलो चुलिदैँ : मुख्य सचेतक पदमुक्त्त

    आश्विन २६

    images

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलाबजङ्ग शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएका छन् । कामकारबाही सन्तोषजनक नभएको भन्दै शाहलाई सोमबार प्रमुख सचेतकबाट हटाइएको मुख्यमन्त्री शाहीका सल्लाहकारले अखबारदैनिकलाई जानकारी गराएका छन् ।

    मुख्यमन्त्री शाहीले सोमबार नै प्रमुख सचेतकको जिम्मेवारी प्रदेश सांसद सीता नेपालीलाई दिएका छन् । नेपाली यसअघि सचेतक थिइन् ।

    आइतबारमात्रै नेकपाका १८ जना सांसद दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरएका थिए । दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रमुख सचेतक शाहले सोमबार नै दलको बैठक बोलाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ