ए बलात्कारी समाज !
देश हेर्यो
सबै च्यतिएको
नाङ्गिएको
टाल-टुल
लथालिङ्ग छ
सरस्वती-लक्ष्मी
नाम दिदैँ
पुजिने यो देशमा
छोरी नै असुरक्षित
गर्व ठूलो छ
कयौं छोरी
भविष्यका सपना
बुन्दा-बुन्दै
तस्करको निशानीको
शिकार
बलात्कार र एसिड
आक्रमण चपेटा
छुटै छ
छोरीलाई
डाक्टर-पाईलट- नर्स
बनाउने सपना त्यसै त्यसै
अन्धकार भएको छ
एक-दिन हैन दुई-दिन हैन
के हेर्दै छ्स
ए महिला रास्ट्रपति
देशमा ती निर्दोष
दिदी-बैनिले
न्याय कहिले पाउछ्न
न्याय माग्दा दोषी
अर्कै चिनाउछ
बिचरा निर्दोष चाहिँ
बिना सिति फसाउछ
खुलेआम
गर्वले छाती
फुलाई दोषी
निर्धक्क हिड्छ
बुबा-आमा कहिले
सिंह-दरबार बालुवाटार
धाउदा धाउदा
आश मात्र पलाउने
कुरा झारा टारदिन्छ
छोरा-छोरी दुई सन्तान
ईश्वरको वरदान
भनाई मात्र रहेछ
छोरी कहिले सुरक्षित
खुलेआम हिड्न डर छ ।
कवी रबिन कोइराला उर्फ 'एकलयात्री' प्रगतिशिल धारका कवी तथा गजलकार हुनुहुन्छ । हालसम्म उहाँको 'एक प्रेम दुई बाटो' नामक गजल संग्रह प्रकाशित छ ।