बिहीबार , वैशाख २७ गते २०८१

शनिबार उपत्यकामा ७ घण्टा र अरू जिल्लामा १० घण्टा बिजुली काटिदै, कहाँ कहाँ काटिन्छ लाइन?

शनिबार उपत्यकामा ७ घण्टा र अरू जिल्लामा १० घण्टा बिजुली काटिदै, कहाँ कहाँ काटिन्छ लाइन?

अखबार दैनिक
आइतबार, असोज २५ २०७७
  • शनिबार उपत्यकामा ७ घण्टा र अरू जिल्लामा १० घण्टा बिजुली काटिदै, कहाँ कहाँ काटिन्छ लाइन?

    २५ असोज, काठमाडौं । लाइन मर्मत, पोल सार्न, तारमा लागेका रुखका हाँगा काट्न र नयाँ तार तान्न बिद्युत प्राधिकरणले बिभिन्न स्थानमा शनिबार ७ देखि १० घन्टासम्म वितरण बन्द गर्ने भएको छ। 

    images

    उपत्यकाका विभिन्न वितरण केन्द्रबाट शनिबार बढीमा ७ घण्टासम्म बिजुली काटिने भएको छ। बिभिन्न स्थानमा मर्मतका लागि उपत्यकाका लगनखेल, कलंकी, बालाजु, पुल्चोक र जोरपाटी वितरण केन्द्रको लाइन अवरुद्ध हुने भएको हो। 

     

    यी वितरण केन्द्रबाट लाइन काटिदा उपत्यकाका ३ वटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका अधिकांश ठाउँमा दिनभर बिजुली अवरुद्ध हुन लागेको हो। पुल्चोक वितरण केन्द्रबाट बिहान ९ बजे देखि बेलुका ४ बजेसम्म लाइन काटिने छ। 

    जोरपाटी वितरण केन्द्रबाट १० बजेदेखि साँझ ५ बजेसम्म लाइन काटिदै छ। लगनखेल, कलंकी र बालाजुबाट भने बिहान ११ बजे देखि बेलुका ५ बजेसम्म लाइन काटिन लागेको विद्युत प्राधिकरणले जनाएको छ। रुखका हाँगा लगायतका अवरोध हटाउन लगनखेल वितरण केन्द्रको टौखेल र चापागाउँ उपकेन्द्रबाट लाइन काटिँदा मूलपानी, कोतडाँडा, विष्टचाप, मान डाँडा र धोबीखोला क्षेत्रमा ११ बजेदेखि ६ घण्टा बत्ती आउने छैन। यस्तै कुलेश्वर वितरण केन्द्रबाट पनि ६ घन्टाका लागि ११ बजे काटिने लाइन साँझमात्रै आउनेछ। यसबाट सालिक चोक, अमरज्योति स्कुल, हसनटार र मालपोत क्षेत्रमा लाइन काटिनेछ।

    चक्रपथ बिस्तारका लागि एचटी लाइन तथा पोल सार्नुपर्ने भएकाले बालाजु वितरण केन्द्रबाट ६ घन्टाका लागि लाइन काटिदैछ । यसबाट शेश्मती, गोलढुंगा, लोलांग, फुयाँलथोक, ओशो एरिया, तीनपिप्ले, ठुलाखोला, छत्रे देउराली, जितपुर फेदी, ढुंगेधारा, नर्सरीचोक, वनस्थली, कुमारीटोल क्षेत्र प्रभावित हुनेछन्। 

    नयाँ फीडर जडानका लागि फुलचोकी वितरण केन्द्रबाट काटिएको लाइन ९ घन्टापछि मात्रै आउँदा सानेपा स्टार अस्पताल क्षेत्र, नयाँ बाटो र भनिमण्डल क्षेत्र प्रभावित रहने छन्। 

    रूखका हाँगा काट्न र सडक बिस्तारका लागि जोरपाटी वितरण केन्द्रबाट ७ घन्टा बिजुली काटिनेछ। यसबाट काँडाघारी, ग्रीनहिल सिटी, थली, डाँछी, गागलफेदी, इन्द्रायणी, लप्सीफेदी, नाङलेभारे, जरसिंह पौवालगायत क्षेत्र प्रभावित रहने छन्।  

    उपत्यका बाहिर पनि काभ्रेको जंगलमा कभर तार तान्न लाइन बन्द रहँदा काठमाडौं विश्वविद्यालय, पस्थली, खोपासी, सुन्थान, बल्थली, बेथानचोक, साँखु, दाप्चा, मानेगाउँ, श्यामपाटी, सिमलचौर,तीनधारे लगायतका क्षेत्रमा नौ घण्टापछि मात्रै बत्ती आउनेछ। 

    मर्मतका लागि  इटहरी वितरण केन्द्रबाट काटिएको बत्ती आठ घन्टापछि आउँदा हलगडा, तरहरा, संगीतचोक लगायत प्रभावित रहने छन्।
    रुखका हाँगा र झाडी काट्न धनकुटा वितरण केन्द्रबाट वितरित लाइन अवरुद्ध हुने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ