असोज २४,
नागरिक उड्डयन तथा पर्यटन मन्त्री योगेश भट्टराईलाई कोरोना पोजेटिभ देखिएको छ । उँहाले आफ्नो आधिकारिक फेसबुक पेजमा लेख्दै आफुलाई कोरोना पोजेटिभ देखिएको र पछिल्लो दिनहरूमा सम्पर्कमा आउनुभएका सम्पूर्णलाई सुरक्षित भएर बस्न आग्रह गर्नुभएको छ ।
मन्त्री भट्टराई पछिल्लो दिनहरुमा उपत्यकाको विभिन्न कार्यक्रम साथसाथै उपत्यका बाहिर पनि विकास निर्माणका विभिन्न कार्यक्रमहरुमा सहभागी हुनुहुन्थ्यो ।