बिहीबार , वैशाख २७ गते २०८१

काठमाडौंमा दिनदहाडै ७ वर्षीय बालिकामाथि बलात्कार प्रयास

काठमाडौंमा दिनदहाडै ७ वर्षीय बालिकामाथि बलात्कार प्रयास

अखबार दैनिक
बिहीबार , असोज २२ २०७७
  • काठमाडौंमा दिनदहाडै ७ वर्षीय बालिकामाथि बलात्कार प्रयास

    असोज २२,

    images

    बुधबार दिउँसो ४ बजे काठमाडौं महानगरपालिका-३२ महादेवस्थानस्थित बागमती करिडोरमा बालिकामाथि बलात्कारको प्रयास भइरहेको स्थानियले देखेका थिए । स्थानीयले देखेपछि ती बालिकाको उद्दार गरिएको थियो भने बलात्कारको प्रयास गरेको आरोपमा राजधानीबाट एक ४३ वर्षीय पुरूष पक्राउ परेका छन् । पक्राउ पर्ने पुरूष दाङ घोराही नगरपालिका-४ घर भइ महादेवस्थान बस्ने ४३ वर्षीय दुर्गे विक भएको जानकारी प्रहरीले दिएको छ । स्थानियले उनलाई नियन्त्रणमा लिएर प्रहरिमा बुझाएको भिडिओ अहिले सामाजिक संजालमा भाइरल बनेको छ ।

    प्रहरिको अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ । ती बालिका सोही ठाउँको स्थानिय वासिन्दा भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक एसपी सोमेन्द्र सिंह राठौरले बताए ।

    'बलात्कारको प्रयास हो की के हो यकिनका साथ भन्न सकिएको छैन । ती पुरूषले प्रयासमात्रै गरेको भनेको छ,'एसपी राठौरले भने,'बालिकालाई मेडिकल गर्न पठाइएको छ । त्यसको रिपोर्ट आएपछिमात्रै थाहा हुन्छ ।'

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ