बिहीबार , वैशाख २७ गते २०८१

बलात्कारीलाई छाड्न जिल्ला अदालतको आदेश

बलात्कारीलाई छाड्न जिल्ला अदालतको आदेश

अखबार दैनिक
बिहीबार , असोज २२ २०७७
  • बलात्कारीलाई छाड्न जिल्ला अदालतको आदेश

    99346827-thief-man-wearing-pants-after-violence-sexual-rape-young-woman-at-abandoned-house-robber-criminal-co.jpg२२ असोज,

    images

    घाँस काट्न खेतमा गएकी २३ वर्षीया महिलालाई ‘एक हजार रुपैयाँ दिन्छु’ भन्दै करणी गरेको स्वीकार गरेका मोरङको रतुवामाई नगरपालिका–८ कुखुरेडाँडाका काजी भनिने काजीमान श्रेष्ठलाई जिल्ला अदालत मोरङका न्यायाधीश राजकुमार कोइरालाको इजलासले १६ असोजमा एक लाख धरौटीमा पुर्पक्षका लागि छाड्ने आदेश दिएको थियो ।

    सोही आदेशविरुद्ध बलात्कार गरेको स्वीकार गर्ने व्यक्तिलाई धरौटीमा छोड्ने जिल्ला अदालत मोरङको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालतमा निवेदन दर्ता गराएको छ । उक्त्त आदेशविरुद्ध उच्च अदालतमा ७३ नम्बर निवेदन आएको जिल्ला सरकारी वकिलको कार्यालय मोरङका सूचना अधिकारी उमेश अधिकारीले जानकारी दिए ।

    यसैबीच बलात्कार स्वीकार गर्ने व्यक्तिलाई छाड्ने विवादास्पद आदेश दिएका न्यायाधीश कोइरालाको सरुवा भएको छ । बुधबार न्यायपरिषदले कोइरालाको सरुवा गरेको हो । न्याय परिषदले ११४ जना न्यायाधीशको सरुवा गरेको थियो । सो सरुवा सूचीमा कोइरालालाई मोरङबाट काठमाडौं सरुवा गरिएको छ । यो उनको को नियमित सरुवा हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ