बिहीबार , वैशाख २७ गते २०८१

डा. गोबिन्द केसिका मागहरुप्रती सरकार सकारात्मक

डा. गोबिन्द केसिका मागहरुप्रती सरकार सकारात्मक

अखबार दैनिक
मंगलबार, असोज २० २०७७
  • डा. गोबिन्द केसिका मागहरुप्रती सरकार सकारात्मक

    असोज २०, काठमाडौं ।

    images

    सत्तासीन नेपाल कम्युनिस्ट पार्टी नेकपाले अनशनरत डा. गोविन्द केसीलाई तत्काल अनसन स्थगित गर्न विनम्र अनुरोध गरेको छ । 

    नेकपाको मंगलबारको सचिवालय बैठकपछि सञ्‍चारकर्मीसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. केसीलाई अनशन स्थगित गर्न आग्रह गर्ने निर्णय गरेको बताएका छन् । 

    उनले भने, "डा. गोविन्द केसीका अनशनका बारेमा सरकारले उहाँले अनशन अन्त्य गर्नका लागि आग्रह गरेको र साथसाथै प्रधानमन्त्री केपी शर्मा ओलीज्यू समेत सकारात्मक हुनुभएको जानकारी गराउनुभयो । डा. केसीले चिकित्सा शिक्षा सुधारका विषयमा जुन-जुन मुद्दा उठाउनु भएको थियो । ती मुद्दा पूरा गर्न सरकारले सम्झौता गरेबमोजिम कार्यान्वयनलाई अगाडि बढाएको छ । मुलत: सम्झौता कार्यान्वयन भइसकेका छन् ।"

    कतिपय विषयहरु कार्यान्वयको प्रक्रियामा अघि बढिरहेकोले सरकार कोरोना रोकथाम, नियन्त्रणमा र रोकथाममा केन्द्रित हुनुपर्ने भएकोले अहिले अनशन बस्‍ने उपयुक्त समय नभएको उनले बताएका छन् । 

    उनले भने, "अहिले बहुआयामिक विषयमा छलफल गर्नुपर्ने भएकोले केही विषय भए कोरोनापछि छलफल गर्न सकिने भएकोले सरकारसँगसँगै पार्टीले पनि डा. केसीलाई अनशन स्थगित गर्न आग्रह गर्ने निर्णय भएको छ ।" 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार