शनिबार, वैशाख १५ गते २०८१

मुख्यमन्त्रीको आश्वासन : बुटवललाई वित्तीय राजधानी बनाउँछु

मुख्यमन्त्रीको आश्वासन : बुटवललाई वित्तीय राजधानी बनाउँछु

अखबार दैनिक
सोमबार, असोज १९ २०७७
  • मुख्यमन्त्रीको आश्वासन : बुटवललाई वित्तीय राजधानी बनाउँछु

    १९ असोज, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दाङको भलुवाङलाई प्रशासनिक र बुटवललाई वित्तीय र पर्यटकीय राजधानीका रुपमा विकास गर्ने आश्वासन दिएका छन् ।

    images

    दाङको भलुवाङलाई प्रदेश राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा पेश भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकै १४ सांसदले फरक मत राखेका छन् । सोमबार बसेको संसदीय दलको बैठकमा भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरीले समेत बुटवलका जनताको भावनालाई सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए ।

    मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता पोखरेलले बैठकमा संरचनाहरु नबन्दासम्म अस्थायी राजधानी बुटवलमै रहने बताए । साथै बुटवललाई वित्तीय र पर्यटकीय राजधानीका रुपमा विकास गर्ने र भालुवाङलाई प्रशासनकीय राजधानीका रुपमा अगाडि बढाउने उनले बताए । यसले बुटवलका जनताको भावनालाई यथोचित न्याय दिनेमा आफु विश्वस्त रहेको कुरा उनको सचिवालयले अखबारदैनिकालाई जानकारी दियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार