बिहीबार , असोज ३ गते २०८१

मिडिया एलाइन्स नेपाल गठन , अध्यक्षतामा भाष्करराज राजकर्णिकार

मिडिया एलाइन्स नेपाल गठन , अध्यक्षतामा भाष्करराज राजकर्णिकार

अखबार दैनिक
बुधबार, असोज ७ २०७७
  • मिडिया एलाइन्स नेपाल गठन , अध्यक्षतामा  भाष्करराज राजकर्णिकार

    ७ असोज, काठमाडौं ।सञ्चार उद्यमीहरुको मिडिया एलाइन्स नेपाल गठन भएको छ । यस अघि रहेको मिडिया सोसाइटी टुक्रको छ ।

    images

    यसअघि मिडिया सोसाइटीमा आवद्ध सञ्चार उद्यमीसमेत सहभागी भई एभिन्यूज टिभीका अध्यक्ष भाष्करराज राजकर्णिकारको अध्यक्षतामा मिडिया एलाइन्स नेपाल गठन भएको हो ।

    एलाइन्सको उपाध्यक्षमा राजधानी न्यूज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचन र माउन्टेन टिभीका अध्यक्ष राजु कँडेल छन् भने महासचिवमा इमेज च्यानल प्रालिका सीईओ लक्ष्मण हुमागाई, कोषाध्यक्षमा इम्प्रेशन पब्लिकेशन तथा मिडिया प्रालिका सीईओ उज्जवल शर्मा छन् ।

    सदस्यहरुमा जनता प्रकाशन तथा प्रशारण लिमिटेडका अध्यक्ष डा. विजय शर्मा, प्राइभ टिभीका अध्यक्ष ऋषि धमला, एपी वान टिभीका सीईओ राजेन्द्र शाक्य र रिपब्लिका मिडिया प्रालिका सीईओ समृद्धि ज्ञवाली छन् । यस्तै सल्लाहकारमा अन्नपूर्ण नेटवर्क प्रालिका अध्यक्ष रामेश्वर थापा र रिपब्लिका मिडिया प्रालिका विनोद ज्ञवाली छन् ।

    एलायन्सको तदर्थ समितिका अध्यक्ष भाष्करराज राजकर्णिकारले १२०० करोडको विज्ञापन बजारलाई २५ सय करोड रुपैयाँको बनाउने लक्ष्यका साथ एलाइन्स स्थापना गरेको बताए । सञ्चार नीति अभावमा २० अर्ब बढीको लागनी भएको क्षेत्र टुहुरो बन्न पुगेको भन्दै उनले एउटै अनुमति पत्रमा निजी क्षेत्र र सरकारी क्षेत्रलाई प्रतिस्पर्धा गर्ने वातावरण बन्न नहुने धारणा राखेका छन् ।

    सल्लाहकार थापाले आवश्यकताभन्दा बढी सञ्चार संस्था खुल्नु, ठूलो लगानी हुनु र बजारले धान्ने अवस्था नहुँदा विकृति बढ्न सक्ने बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ