शनिबार, जेठ ५ गते २०८१

फुलहमाथि नव प्रवेशी लिड्सको पहिलो जित

फुलहमाथि नव प्रवेशी लिड्सको पहिलो जित

अखबार दैनिक
आइतबार, असोज ४ २०७७
  • फुलहमाथि नव प्रवेशी लिड्सको पहिलो जित

    ४ असोज,एजेन्सी । नव प्रवेशी लिड्स युनाइटेलले इङ्लिस प्रिमियर लिग फुटबलमा पहिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा फुलहमलाई ४–३ गोलले पराजित गर्दै लिगमा पहिलो जित निकालेको हो । 

    images

    घरेलु मैदानमा भएको लिड्सको जितका लागि हेल्डर कोस्टाले दुई गोल गरे । त्यस्तै माटेउज क्लिच र पट्रिक बामफोर्डले एक-एक गोल गरे । फुलहामका लागि एलेकजान्दर मोट्रेभिचले दुई तथा बोबी रेइडले एक गोल गरे । 

    खेलको पाँचौ मिनेटमा कोस्टाले गोल गर्दै घरेलु टोलीलाई अगाडि बढाएका थिए । ३४ औं मिनेटमा फुलहमका मोट्रेभिचले बराबरी गोल फर्काए । उनले पेनाल्टीमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका हुन् । तर, पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा लिड्सका क्लिचले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । 

    ५० औं मिनेटमा बामफोर्डले गोल गर्दै घरेलु टोलीलाई ३–१ को अग्रता दिलाए । ५७ औं मिनेटमा कोस्टाले व्यक्तिगत दोस्रो गोल गरे । ६२ औं मिनेटमा बोबीले गोल गर्दै खेल ४–२ को स्थितीमा ल्याए । त्यसको पाँच मिनेट नबित्दै मोट्रेभिचले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ४–३ को स्थितथीमा ल्यापनि थप गोल हुन नसक्दा फुलहम पराजित हुन पुग्यो । 

    लिगको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन लिभरपुलसँग ४–३ गोलले पारजित भएको थियो । दोस्रो खेलमा विजयी भएको लिड्सले अंक तालिकामा तीन अंक जोडेको छ भने दुबै खेल गुमाएको फुलहाम अंकविहीन छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार