शनिबार, जेठ ५ गते २०८१

जर्मन कपमा डर्टमुन्डको ५ गोल

जर्मन कपमा डर्टमुन्डको ५ गोल

अखबार दैनिक
मंगलबार, भदौ ३० २०७७
  • जर्मन कपमा डर्टमुन्डको ५ गोल

    ३० भदौं,एजेन्सी । बोरूसिसा डर्टमुन्डले जर्मन कप अन्तर्गत आईतवारको खेलमा डुइसबर्गविरूद्ध ५-० को फराकिलो जित दर्ता गर्दै नयाँ सिजजनमा उत्कृष्ट सुरूवात गरेको छ । 

    images

    खेलको १५ औं मिनेटमा नै डर्टमुन्डले जेडन सान्चोको गोलमा अग्रता लिएको थियो । ३० औं मिनेटमा युवा मिडफिल्डर जुड बेलिन्घमले गोल गर्दै डर्टमुन्डमा नयाँ इतिहास रचे । यसै सिजन दोस्रो श्रेणीको इंग्लिस क्लब बर्मींघमबाट जर्मनी पुगेका उनले क्लबका सबैभन्दा कान्छा गोलकर्ताको कीर्तिमान बनाए ।

    ३८ औं मिनेटमा डुइसबर्गका डोमिनिक भोल्क्मरले रातो कार्ड पाए । फरवार्ड एर्लीङ हालान्डलाई पेनाल्टी क्षेत्रको ठिक बाहिर लडाएपछि रेफ्रीले फ्रिकिक दिएका थिए । उक्त फ्रिकिकलाई थोर्गन हाजार्डले गोलमा परिणत गर्दै पाहुना टोलीलाई ३-० को अग्रता दिलाए ।

    दोस्रो हाफमा डर्टमुन्डले दुई गोल थप्यो । जिओ रेइनाले ५० औं मिनेटमा फ्रिकिकमा सिधै गोल गर्दै सहज जिततर्फ अग्रसर गरे । कप्तान मार्को रिउसले चोटबाट पुनरागमन गर्ने क्रममा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेको एक मिनेट नबित्दै गोल गरे । रिउसले आफ्नो पहिलो टचमा नै गोल गर्दै ५-० को अग्रता दिलाएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार