सोमबार, भदौ ३ गते २०८२

टप इन्ड टी-२० सिरिजमा नेपालको लगातार तेस्रो हार

टप इन्ड टी-२० सिरिजमा नेपालको लगातार तेस्रो हार

अखबार दैनिक
सोमबार, भदौ ३ २०८२
  • टप इन्ड टी-२० सिरिजमा नेपालको लगातार तेस्रो हार

    काठमाडौं । जारी टप इन्ड टी-२० सिरिजमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । सोमबार बिहान भएको खेलमा नेपाल मेलवर्न स्टार्ससँग ३१ रनले हार पराजित भएको हो । १७६ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै १४४ रन बनाएको हो । 

    नेपालका लागि आसिफ सेखले ५३ रन बनाए भने कप्तान रोहित पौडेलले ३३ र कुशल भुर्तेलले २५ रन बनाए ।  यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मेलवर्न स्टार्सले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो। मेलवर्नका लागि ब्लाक म्याकडोनाल्डले ७४ र थोमस रोजर्सले ६५ रन बनाए।

    त्यस्तै नेपाली बलर सन्दीप लामिछानेले ३ विकेट लिए भने सोमपाल कामी र शहाब आलमले एक एक विकेट लिएका थिए । यो सिरिजमा नेपालको लगातार तेस्रो हार हो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार