सोमबार, भदौ ३ गते २०८२

वासिङ्टन पुगे जेलेन्स्की, युक्रेनले सुरक्षा ग्यारेन्टी पाउनेमा विश्वस्त

वासिङ्टन पुगे जेलेन्स्की, युक्रेनले सुरक्षा ग्यारेन्टी पाउनेमा विश्वस्त

अखबार दैनिक
सोमबार, भदौ ३ २०८२
  • वासिङ्टन पुगे जेलेन्स्की, युक्रेनले सुरक्षा ग्यारेन्टी पाउनेमा विश्वस्त

    एजेन्सी । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्सीले युक्रेनले सुरक्षा ग्यारेन्टी पाउनेमा विश्वास व्यक्त गरेका छन् । वासिङ्टन आइपुगेको केही घण्टापछि जेलेन्स्कीले इन्स्टाग्राममा पोस्ट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा आमन्त्रित गरेकोमा धन्यवाद दिएका छन् । उनले लेखे, ‘हामी सबै चाहन्छौँ कि यो युद्ध चाँडै र भरपर्दो तरिकाले समाप्त होस्। र शान्ति दिगो होस्।’

    जेलेन्स्कीले भने, ‘मलाई विश्वास छ, हामी युक्रेनको रक्षा गर्नेछौँ, यसको सुरक्षा सुनिश्चित गर्नेछौF, र हाम्रा जनता राष्ट्रपति ट्रम्प, संयुक्त राज्य अमेरिकाका सबै जनता र प्रत्येक साझेदारको समर्थन र सहयोगको लागि सधैँ आभारी रहनेछन्।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ