बिहीबार , असोज ३ गते २०८१

भारतले निर्यात रोक्यो , प्याजको मूल्य किलोमा १५ रुपैयाँ बढ्यो

भारतले निर्यात रोक्यो , प्याजको मूल्य किलोमा १५ रुपैयाँ बढ्यो

अखबार दैनिक
मंगलबार, भदौ ३० २०७७
  • भारतले निर्यात रोक्यो , प्याजको मूल्य किलोमा १५ रुपैयाँ बढ्यो

    भारतले प्याज निर्यातमा रोक लगएको भोलिपल्ट नै प्याजको मूल्य किलोमा १५ रुपैयाँ बढेको छ।

    images

    कालिमाटी तरकारी तथा फलफूल बजारको थोक मूल्यसूचीअनुसार भारतीय सुकेको प्याजको मूल्य किलोमै २५ प्रतिशत मूल्यबृद्धि भएको हो।

    भदौ २९ गते किलोको औषत मूल्य ६० रुपैयाँ रहेको देशकै ठूलो तरकारी बजारमा आज बढेर ७५ रुपैयाँ पुगेको बजारले जानकारी दिएको छ।

    उपभोक्ता मूल्यो यो भन्दा धेरै बढेको छ। उपभोक्ता मूल्य काठमाडौंका विभिन्न ठाउँमा फरकफरक मूल्य हुने गरेको छ।

    भारतको केन्द्रीय सरकारले सोमबारमात्र प्याजको निर्यातमा प्रतिबन्ध लगाएको थियो। अस्वाभाविक मूल्य वृद्धि भएपछि प्याज निर्यातमा भारतीय सरकारले रोक लगाएको बताइएको थियो।

    भारी वर्षात् तथा बाढीका कारण घरेलु बजारमा प्याजको आपूर्ति पर्याप्त हुन नपाएपछि पाउडर बनाइएको तथा काटिएका केही आइटम बाहेकको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

    यसअघि गएको वर्ष पनि भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो। गएको मार्चमा खोलिएको थियो। भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाउँदा नेपाली बजारमा मूल्य बृद्धि भएको थियो।

    अघिल्लो वर्ष भारतले प्याज निर्यातमा रोक लगाउँदा नेपाली बजारमा किलोको २३० रुपैयाँसम्म पुगेको थियो।

    काठमाडौं उपत्यकामा मात्रै दैनिक करिब दुई सय ७० मेट्रिक टन प्याजको खपत हुन्छ। पछिल्लो समय होटल तथा रेष्टुरेन्ट सञ्चालनमा नभएका कारण यस्तो खपत न्यून भएको हुनसक्ने व्यवसायीहरुले बताएका छन्।

    यसमध्ये कालिमाटीमा ७० मेट्रिक टन, बल्खुमा ३० टन, बानेश्वरमा ३० मेट्रिक टन प्याजको कारोबार हुन्छ। यी तीन बजारबाहेक अन्य तरकारी बजार, थोक र किराना पसलबाट थप ५० मेट्रिक टन प्याजको कारोबार हुन्छ। नेपालमा उत्पादन हुने प्याजले देशभरको मागलाई एक महिना पनि नधान्ने व्यवसायीहरुले बताउँदै आएका छन्। नेपालमा कूल खपतको ९५ प्रतिशत बढी प्याज आयात हुन्छ जसमा भारत मुख्य हो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ